मोटरहेडको ‘४ को चमत्कार’ योजना, १ लाखसम्म नगद छुटमा मोटरसाइकल

काठमाडौं । मोटरहेड मोटरसाइकलले आधिकारिक विक्रेता कम्पनी एसएलआर टेक्नो एण्ड ट्रेडले फेस्टिभ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नजिकिदै गरेको चाडपर्व लक्षित गरेर ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ योजना ल्याएको हो ।

कम्पनीले ल्याएको योजनामा ग्राहकले मोटरसाइकलको खरिदमा नगद छुटका साथै विभिन्न बम्पर उपहार जित्न सक्नेछन् ।

यो याजना अन्तर्गत ग्राहकले हरेक मोटरहेड मोटरसाइकलको खरिदमा स्क्रयाचमार्फत हात खालि नजाने गरि ७ हजार ९०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्नेछन् । यसका अलावा टेकन २५० को पुरानोे भर्सन किन्न चाहाने ग्राहकले नगद २५ हजार रुपैयाँ छु्ट रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै यो योजनाभर सहभागी मध्य एकजना भाग्यशालि विजेताले लक्की ड्रमार्फत १ लाख रुपैयाँ जित्नेछन् ।

त्यस्तै मोटरहेडको शोरुम भिजिट गरेर ग्राहकले टेष्ट राइड तथा फोटो खिचाएर आर्कषक प्राप्त गर्नेछन् । यो योजना मोटरहेडको नेपालभर रहेको शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


Back_to_top