काठमाडौं । जेडी पावरले प्रकाशित गरेको चिनियाँ ईभीको क्वालीटी सम्बन्धी रिपोर्टमा समस्या धेरै देखिएको छ । सन् २०२३ मा जेडी पावरले गरेको अध्ययन अनुसार प्रति १०० न्यू इनर्जी भेहिकलमा २१० वटा समस्या देखिएको हो ।
जेडी पावरले २०२४ चाइना न्यू इनर्जी भेहिकल इनीसियल क्वालीटी स्टडीको रिपोर्ट गत सनिबार सार्वजनिक गरेको थियो । जेडी पावरले दुई महिनादेखि ६ महिनासम्म चिनियाँ ईभी चलाएका ९ हजार ७९१ चालकसँग अन्तक्र्रिया गरेर उक्त रिपोर्ट तयार गरेको उल्लेख छ ।
जेडी पावरको अध्ययन अनुसार सन् २०२३ मा डिजाइन सम्बन्धी समस्या प्रति १०० गाडीमा ३५ वटासम्म देखाएको हो । डिजाइनमै समस्या भएको कारण अन्य धेरै समस्या थपिएको अध्ययनले खुलाएको छ ।
तर, न्यू इनर्जी भेहिकल मध्ये पनि रेन्ज एक्सटेन्डेट भेहिकलको क्वालीटी भने असाधारण राम्रो रहेको रिपोर्टमा उल्लेख छ । रेन्ज एक्सटेन्डर (आरईभी)मा १०० कारमा केवल ८ वटामा मात्रै सामान्य समस्या देखिएको थियो । यी भेहिकलको पावर, पफर्मेन्स र इन्टेलीजेन्ट फिचर राम्रो छ ।
रिपोर्टका अनुसार सबैभन्दा धेरै समस्या ड्राइभिङ असिस्ट र इन्फोटेन्मेन्ट सिस्टममा देखिएको छ । यो समस्या प्रति १०० गाडीमा ६.९ बाट बढेर ७.२ मा पुगेको हो । ड्राइभर असिस्ट सम्बन्धी समस्यामा मूख्यतया व्याकअप क्यामरा, धमिलो इमेज क्वालीटी, फोहोरी क्यामरा लेन्स तथा लाउड रडार अलर्ट छ । त्यस्तै, इन्फोटेन्मेन्टमा अनरेस्पोन्सीभ टचस्कृन, इनएकुरेट न्याभीगेसन, इनएकुरेट भ्वाइस रिकग्नेसन जस्ता समस्या रहेको चालकहरुले बताए ।
अन्य समस्याहरुमा इन्टेरियरको स्मेल र रोड नोइज मुख्य देखिएका छन् । क्वालीटी सम्बन्धी समस्या धेरै युवा चालकले बाहिर ल्याएका हुन् । उनिहरुका अनुसार मुख्य ५ समस्यामा ड्राइभिङ एक्सपिरीयन्स, स्टेरिङ कन्ट्रोल, टायर ग्रिप, सस्पेन्सन नोइज र पेडल नोइज हुन् ।
जेडी पावरको रिपोर्टले उत्कृष्ट कारको सूची पनि प्रकाशित गरेको छ । जसमा सबैभन्दा सानो ईभी जिली पान्डा मिनी, कम्प्याक्ट ब्याट्री इलेक्ट्रीक भेहिकलमा एवोन भी प्लस र बीवाइडी युवान प्लस (एटो-थ्री), मिडसाइज बीइभीमा अउडी क्यू-फोर इट्रोन, ठूलो ईभीमा जीकर-००१, प्रिमियम बीइभीमा नियो ईएस-८ तथा मास मार्केट पीएचइभी कारमा बीवाइडी सिल उत्कृष्ट कारको सूचीमा छन् ।
जेडी पावरले उत्कृष्ट कारको सूचीमा राखेको बीवाइडी युवान प्लस (एटो-थ्री) मात्रै नेपाली बजारमा उपलब्ध रहेको छ ।