जेडी पावरको रिपोर्टमा यामाहा आर-१५ उत्कृष्ट माेटरसाइकल

काठमाडौं । यामाहाको सवार्धिक बिक्री हुने मोटरसाइकलमा वाइजेडएफ-आर-१५ र एफजेड तथा एफजेडएस सिरिज गरेको छन् । प्रिमियम मोटरसाइकल सेगमेन्टमा यामाहाका यी मोटरसाइकल धेरै बिक्नेमा परेको जेडी पावरले गरेको सर्भेले देखाएको छ । 

जेडी सर्मिस दुईपांग्रे सवारीको ग्लोबल मार्केटिङ इन्फमेसन एन्ड सर्भिस कम्पनी हो । सो कम्पनीले गरेको अध्ययनको निष्कर्षमा पछिल्लो समय प्रिमियम मोटरसाइकल लिनेहरुले आफ्नो सवारीले कति इन्धन कम खपत गर्छ भन्नेमा धेरै चासो दिने गरेको उल्लेछ । 

यामाहाका उल्लेखित मोटरसाइकलले उपभोक्तालाई निरास नबनाएको उक्त सर्भेको निष्कर्षमा भनिएको छ । यो सर्भेमा (२ ह्वीलर अटोमोटिभ पर्फमेन्स, एक्जिक्युसन एन्ड लेआउट) ८ हजार ८ सय २६ भन्दा धेरै सवारीधनीहरु समावेश गरिएको थियो । ती सवारी धनीहरुले सो मोटरसाइकल २०१८ मार्चदेखि अक्टोबरसम्ममा खरिद गरेका थिए । 

त्यस्तै यो अध्ययनमा विभिन्न ९ कम्पनीका ८५ दुईपांग्रे सवारी प्रयोग भएको थियो भने सर्भे २०१८ सेप्टेम्बरदेखि डिसेम्बरसम्म भारतको ४५ सहरमा भएको थियो । सो सर्भेमा मोटरसाइकलमा भएका विशेषताहरु कन्ट्रोल स्वीच वा लक, इन्जन र ट्रान्समिसन, इन्धन खपत, लुक्स तथा स्टाइल, राइड एन्ड ह्यान्डलिङ र सिटलाई उच्च प्राथमिकता दिई ३४ भन्दा बढी विशेषतको परिक्षण गरिएको थियो । 

यो परिक्षणमा यामाहा वाईजेडएफ-आर-१५ प्रिमियम सेगमेन्टमा पहिलो नम्बरमा परेको हो । त्यस्तै यामाहाकै एफजेड र एफजेडएस अपर एक्जुकेटिभ क्याटागोरीमा टपमै पर्न सफल भएको हो । 

यी मोटरसाइकल यामाहा ब्रान्डकै उत्कृष्ट उत्पादन ठहरिएको अध्ययनमा उल्लेख छ । यामाहाका यी मोटरसाइकलमा डूअल–च्यानल एबीएस, नयाँ फ्युल इन्जेक्सन सिस्टमलगायत विभिन्न विशेषता समेटिएको छ । 

यामाहाका उत्पादन सर्वश्रेष्ठ ठहरिनु निक्कै सकारात्मक भएको यामाहा मोटर इन्डिया ग्रुपका अध्यक्ष मोटोफुमी शितराले बताए । यसरी उपभोक्ताबाट सकारात्मक प्रतिकृया पाउनु यामाहाको युनिकनेस नै भएको उनको भनाई छ । 

यामाहाका उत्पादन र त्यसमा प्रयोग भएको प्रविधि लोकप्रिय रहेपनि यो सर्भेले दिएको निष्कर्षले यामाहाको वाईजेडएफ-आर-१५ र एफजेड तथा एफजेडएस मोटरसाइकल किन्न चाहने नयाँ उपभोक्ताका लागि गाइडलाइन बनेको शितराको भनाई छ । 


Back_to_top