जीप मेरिडियनको दुई नयाँ स्पेशल एडिसन सार्वजनिक

काठमाडौं । जीप इन्डियाले भारतीय बजारमा सात सिटे मेरिडियनको दुई नयाँ स्पेशल एडिसन मोडल सार्वजनिक गरेको छ । कम्पनीले मेरिडियन एक्स र मेरिडियन अपल्याण्डको विशेष मोडल लन्च गरेको हो ।

कम्पनीले भारतका आधिकारिक डिलरशिप र अनलाइनबाट यी गाडीको बुकिङ सुरू भएको जनाएको छ । यसको डेलिभरी पनि छिट्टै हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मेरिडियन एक्स र मेरिडियन अपल्याण्ड ‘शहरी र अफरोड’ दुवैमा एड्चेन्चर गर्न मन पराउनेका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ । यसमा सिल्भरी मुन र ग्यालेक्सी ब्लू गरी दुई वटा नयाँ कलर अप्सनमा उपलब्ध रहेको छ ।

जीप मेरिडियन एक्स रेगुलर मोडेलको तुलनामा निकै आकर्षक रहेको छ । यसको बाहिरी भागमा खैरो कलर गरिएको रुफसहित ग्रे पकेट, बडी कलर लोअर्स र साइड मोल्डिङ, पडल ल्याम्प सहित अलोय ह्वील दिइएको छ ।

त्यसैगरी, यसको इन्टेरियरमा दिइएको क्याबिनमा प्रिमियम लुक्स पाउन सकिन्छ । यसमा जीप मेरिडियन अपल्यान्डमा भने एडभेन्चर रुचाउनेका लागि केही एलिमेन्टहरू पनि थप गरिएको छ ।

यसमा विभिन्न एप्लिकेसनहरू ५० प्रतिशत कम मूल्यमा चलाउन मिल्ने वाइफाइसहितको ११.६ इन्चको फराकिलो स्क्रीन दिइएको छ ।

अन्य फिचर्सहरूमा यसमा साइडस्टेप, एम्बिएन्ट लाइटनिङ, युनिक फ्लोर म्याट, पानारोमिक सनरुफ, यू–कनेक्ट ५ टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम लगायत पाउन सकिन्छ ।

यसको टप स्पीड १०.६ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टा हुनेछ भने १९८ किलोमिटर प्रतिघण्टासम्म गुडाउन सकिन्छ । यसमा ४ बाइ ४ सेलेक्ट टेरेन सिस्टम समेत रहेको छ ।


Back_to_top