नयाँ कलर एनटर्क १२५ नेपालमा विक्री सुरु, यस्तो छ मूल्य

काठमाडौं । टीभीएस एनटर्क १२५ को नयाँ कलर भेरियन्ट नेपालमा भित्रिएको छ । कम्पनीले मरिन ब्लू कलर एनटर्क नेपाली बजारमा सार्वजनिक गरेको छ ।

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले आजदेखि नयाँ कलर एनटर्क १२५ बीएस ६ को विक्री सुरु गरेको हो ।

कम्पनीले पुरानै मूल्यमा एनटर्क १२५ रेश एसडिनको मरिन ब्लू कलर विक्री गर्ने बताएको छ । एनटर्क १२५ रेश एडिशनको मूल्य२ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

यस्तो छ एनटर्क १२५ 

एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९.५ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

यो स्कुटरमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०-६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ ।

यसको फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ ।

यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर रहेको छ ।

 


Back_to_top