काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक बर्षको ११ महिनामा १४ पटक मूल्यमा हेरफेर गरेको छ । यसरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा पेट्रोल, डिजेल र हवाई इन्धनमा नै मूल्य बढ्ने गरेको छ ।
मूल्य समायोजन भनेपनि पछिल्लो ११ महिनामा १ पटक पेट्रोलमा २ रुपैयाँले घटेको छ भने हवाई इन्धनमा १ रुपैयाँले मूल्य घटेको थियो । आयल निगमले कार्तिक १६ गतेबाट लागुहुनेगरी पेट्रोलको मूल्य १०० रुपैयाँबाट घटाएर ९८ रुपैयाँमा झारेको थियो ।
चालु आर्थिक वर्षको एघार महिनाको तथ्याङ्कको आधारमा हेर्दा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, हवाइ इन्धनमा १८ र डिजेल इन्धनमा २१ रुपैयाँले मूलय वृद्धि भएको छ ।
२०७४ साउन १७ गते प्रतिलिटर डिजेलको ७४, हवाई इन्धनको मूल्य ८२ र मूल्य ९३ रुपैयाँ रहेकोमा, मंसिर २२ गते डिजेलको मूल्य ७७ रुपैयाँ, हवाई इन्धनको मूल्य ८७ र पेट्रोलको मूल्य प्रतिलिटर १०० रुपैयाँ निर्धारण भएको थियो ।
यो पनी पढ्नुस्ः अटो फ्याक्टस्ः यस्तो छ सडक निर्माण बजेट, एक्स्प्रेस हाईवेदेखि सुरुङसम्म
त्यस्तै माघ ३ मा पुनः डिजेलको मूल्य बढ्दै ८१, हवाइ इन्धनको ९० र पेट्रोलको मूल्य १०३ पुग्यो । भने, माघ १८ मा डिजेलको मूल्य प्रतिलिटर ८३, हवाइ इन्धनको ९५ र पेट्रोलको मूल्य १०३ रुपैयाँ पुग्यो ।
२०७५ वैशाख ३ मा डिजेलको मूल्य बढ्दै ८७ र पेट्रोलको मूल्य १०६ पुग्यो । फेरि, वैशाख १९मा डिजेलको मूल्य ९० पुग्यो भने पेट्रोलको मूल्य १ सय ८ रुपैँयाँ पुग्यो ।
यो पनी पढ्नुस्ः अटो-फ्याक्ट्सः ५० अर्बको आयातमा ५२ अर्ब भन्सार कर, कुन सेग्मेन्टबाट कति उठ्यो ?
जेठ २ गते डिजेलको मूल्य ९२ पुग्यो भने पेट्रोलको मूल्य १ सय १० पुग्यो । लगातार वृद्धि भैरहेको इन्धनको मूल्य गत १९ गते वृद्धि भयो । हाल, डिजेलको मूल्य ९५, स्थिर रहेको हवाई इन्धनको मूल्य १०० र पेट्रोलको मूल्य १ सय १३ रुपैँयाँ पुगेको छ ।
निगम घाटामा
नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १३ रुपैयाँ, डिजेल र मट्टितेलप्रतिलिटर ९५ रुपैयाँ पुगेको छ। मूल्य समायोजनपश्चात् पेट्रोलमा १ रुपैयाँ ५९ पैसा र डिजेलमा ३ रुपैयाँ ४९ पैसा घाटा रहेको जनाइएको छ।
यो पनी पढ्नुस्ः अटो-फ्याक्टस्ः तथ्यांकमा सवारीसाधन आयात, कुन देशबाट कति ?
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ। एलपीजी ग्यासको खरिद मूल्य बढेपनि मूल्य भने नबढाएको निगमले जनाएको छ। निगमलाई खाना पकाउने प्रति सिलिण्डर ग्यासमा एक सय ३९ रुपैयाँ ३९ पैसा घाटा रहेको जनाइएको छ।
यो स्तम्भ फ्याक्ट्स नेपाल र मेरोअटो डटकमको सहकार्यमा तयार परिएको हो । हरेक बुधबार मेरोअटोमा प्रकाशन हुने छ ।