सेग्मेन्टकै सस्तो मूल्यमा आयो एक्स-थ्री प्रो, ठूलो मोटरसँगै ३७० किमी रेन्ज

काठमाडौं । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आएको केई एक्स-थ्री प्रो मोडल सेग्मेन्टमा नै सबैभन्दा सस्तो भएको छ । आधिकारीक बितरक लक्ष्मी ई-मोविलिटीले यसको सुरुवाति मूल्य ४६ लाख ९६ हजार तोकेको हो ।

कम्पनीले दुई भेरियन्टमा ल्याएको एक्स-थ्री प्रो मोडल डिलक्स र फ्यागसिपमा उपलब्ध हुनेछ । आजै कम्पनीले काठमाडौंको नक्सालमा शोरुम संचालनमा ल्याएसँगै बुकिङ समेत खुल्ला गरेको छ ।

‘अहिले बुकिङ खुल्ला भएको छ । इन्टोडक्टरी प्राइसको रुपमा हामीले उत्कृष्ट मूल्य अफर गरेका छौं । अहिले बुकिङ गर्ने ग्राहकले डिलक्स भेरियन्ट ४६ लाख ९६ हजार र फ्यागसिप भेरियन्ट ४८ लाख ९६ हजार रुपैयाँमा पाउने छन्’, कम्पनी स्रोतले भन्यो ।

केई एक्स-थ्री प्रो सेग्मेन्टमै सबैभन्दा पावरफुल मोटरमा उपलब्ध हुनेछ । अहिले यहि सेग्मेन्ट र योभन्दा ठूला गाडी ९९ किलोवाट क्षमताको पीकपावर भएको मोटरमा उपलब्ध छ । तर, नेपाल आएको एक्स–थ्री प्रोमा १२० किलोवाटको मोटर पाउन सकिन्छ ।

ब्याट्री साइज भने सेरेस र एमजी जेडएस ईभीकै हाराहारी छ । यसमा ५३.६ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री छ । यसलाई फुल चार्ज गर्दा ३७० किलोमिटरसम्म चलाउन सकिने एनइडीसीले प्रमाणित गरेको छ । यसले १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने कम्पनीले जनाएको छ । डिसी फास्ट चार्जरको प्रयोग गर्दा यसलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

आधुनिक फिचर र सुरक्षा फिचरको भरपुर मिश्रण रहेको एक्स-३ प्रोमा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटर र एडास फिचर समेत छ । एडास भित्र विशेषगरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, इबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम छन् । सुरक्षाको हिसावले राम्रो एसयूभीमा ब्याट्री, मोटर लगायतका इलेक्ट्रीकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी दिएको छ ।

एक्स-३ प्रोको लम्बाई ४४०० एमएम, चौडाई १८३१ एमएम र उचाई १६५३ एमएम छ । यसमा २६३२ एमएम लामो ह्वीलवेस छ । एसयूभीको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स र पछाडि मल्टी लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्स पाउन सकिन्छ । यसको ग्राउन्ड क्लियरेन्स १८२ एमएम छ ।

एसयूभीको ड्यासबोर्डमा १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेशन क्लष्टर, इलेक्ट्रीक शनरुफ, ड्यूल जोन एसी, वायरलेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट जस्ता सुविधा पाउन सकिन्छ । यसमा प्रयोग भएका लाइटहरु सबै एलइडी छन् ।


Back_to_top