काठमाडौं । केई मोटर्सले ‘ग्रीन ह्वील्स टु मार्बल हिल्स’ कार र्याली सम्पन्न गरेको छ ।
नेपालका लागि केईको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोइल्सले जेठ १७ गते संयुक्त रुपमा उक्त कार्यक्रम सम्पन्न गरेका हुन् ।
थापाथलीबाट सुरु भएर र्याली ललितपुरको गोदावरीसम्म पुगेको थियो । उक्त र्यालीमा केईका ग्राहक, उनीहरूको परिवारका सदस्यसहित ८० जनाभन्दा धेरै सहभागी थिए ।
र्यालीमा केई एक्स३ प्रो, ई-क्युट ०२, र ई-क्युट ०४ सहित केईका विद्युतीय कारहरू थिए ।

र्यालीमा सहभागीहरूले गोदावरीस्थित मार्बलडाँडाँमा ७० वटाभन्दा धेरै विरुवा रोपेको कम्पनीले जनाएको छ । साथै, कार्यक्रममा मनोरञ्जनात्मका र खेलकुदका गतिविधहरू पनि गरिएको थियो ।
यो कार्यक्रम प्रकृति प्रशंसा र वातावरणीय जिम्मेवारीको उत्सव रहेको कम्पनीले जनाएको छ । यसले एकैसाथ दिगो गतिशीलता र वातावरणीय जिम्मेवारी पूरा गरेको कम्पनीको भनाइ छ ।


