कियाका गाडी ८.२५ प्रतिशत व्याजदरमा किन्न पाइने, उपत्यकाका ग्राहकले सेवा शुल्क तिर्नु नपर्ने

काठमाडौं । किया ब्राण्डका गाडी किन्न चाहने ग्राहकलाई कर्जा प्रबाह गर्ने सम्बन्धी एमओयूमा एनआइसी एशिया बैंक र कन्टीनेन्टल्स ट्रेडिङ इन्टरप्राइजेज् प्रालि बीच सम्झौँता भएको छ । उक्त सम्झौँता अनुसार कियाका गाडी किन्ने ग्राहकले एनआईसी एशिया बैंकले ८.२५ प्रतिशत व्याजदरमा कर्जा प्रबाह गर्ने छ ।

बैंकले यो व्याजदर एक वर्षसम्म परिवर्तन नहुने जनाएको छ भने कर्जा प्रकृयामा लाग्ने शुल्क ०.२५ प्रतिशत मात्रै लाग्ने जनाएको छ । उपत्यका भित्रका ग्राहकले भने यस्तो सेवा शुल्क पनि तिर्नु पर्दैन ।

बैंकले उक्त चमत्कारिक सवारी कर्जा आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह हुने जनाएको छ । बै.कले सवारी कर्जाअन्तर्गत अधिकतम २ करोड रुपैयाँसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने जनाएको छ ।

कियाले अहिले सेल्टोस, स्पोर्टेज, निरो लगायतका मोडलहरु बिक्री वितरण गर्दै आएको छ भने चाँडै सब फोर मिटर एसयूभी सोनेट नेपाल ल्याउने तयारी गरिरहेको छ ।


Back_to_top