काठमाडौं । कोरियन अटोमोविल कम्पनी किया मोटर्स कर्पोरेशनले गत जुनमा कम्पनीको नयाँ लोगो कोरियाको सिवलबाट सार्वजनिक गरेको थियो । कम्पनीले नयाँ लोगोसँगै नयाँ स्लोगन ‘मोमेन्ट द्याट स्पायर्स’ पनि बनाएको छ । विश्व बजारमा कियाले नयाँ लोगोमा आफ्ना उत्पादन ल्याइसकेको भएपनि भारतमा उत्पादन भएका गाडीमा पुरानै लोगो प्रयोग भइरहेको थियो ।

कम्पनीले अब भारतमा निर्माण भएका किया सोनेटमा नयाँ लोगो दिएको छ । हालै मात्र भारतीय मिडियाहरुमा आएको सोनेटको तस्विरमा नयाँ लोगो प्रयोग भएको देखिएको हो । नयाँ लोगोका साथै अब कियाको सोनेटको फिचरहरुमा पनि केहि परिवर्तन भएको अनुमान गरिएको छ ।
तर, फिचरहरुमा हुने परिवर्तनको वारेमा कम्पनीले आधिकारीक केहि जानकारी दिएको छैन । कम्पनीले भारतीय उत्पादनहरु विक्री हुने देशमा यहि महिनाको अन्त्यसम्ममा एक कार्यक्रम गरि नयाँ लोगो, स्लोगन र कम्पनीको आगामी योजनाको जानकारी दिने बताइएको छ ।


