यूरोपमा बनेको स्कोडा कोडियाक नेपालमा, मूल्य १ करोड ६५ लाख

काठमाडौं । स्कोडाको सफल र स्टाइलिस एसयूभी सिधै युरोपबाट नेपाल ल्याउन थालेको छ । स्कोडाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले नयाँ स्कोडा कोडियाक नेपाली बजारमा ल्याएको हो ।

फराकिलो इन्टेरियर, प्राक्टिकल इन्टेलिजेन्स र इनोभेटिभ टेक्नोलोजीले स्कोडा कोडियाक निकै उत्कृष्ट एसयूभीमा पर्छ । विशेषत पावर, पर्फमेन्स र आरामदायी यात्राको लागि स्कोडा कोडियाक परिचित रहेको छ ।

नयाँ स्कोडा कोडियाकमा २.० टीडीआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर र ३४० एनएम टर्क जेनेरेट गर्छ । यसमा ७ स्पीड ड्युअल क्लच ट्रान्समिसन रहेको छ । यसको टप स्पीड क्षमता १९२ किलोमिटर प्रतिघण्टा रहेको छ ।

सुरक्षाका लागि नौ वटा एयरब्याग, एबीएस, इबीडी, ब्रेक असिस्ट, मल्टी-कोलिजन ब्रेक, अल-राउन्ड पार्किङ सेन्सर र ब्लाइन्ड स्पट मोनिटरिङ जस्ता फिचर रहेका छन् । यसका अतिरिक्त मनोरञ्जनको लागि प्यानोरामिक सनरुफ, फ्रन्ट तथा रियर हिटेड सिट र हिटेड स्टेयरिङ ह्वील आदि थप फिचर यसमा पाउन सकिन्छ ।

फोर बाई फोर अल ह्वील ड्राइभ सिस्टम र चार ड्राइभिङ मोडमा चलाउन मिल्ने यो एसयूभीमा १८ इन्चको ह्वील दिइएको छ । इन्फोटेनमेन्ट सिस्टम, स्मार्टलिंक, भ्वाइस कमान्ड र अडियो कन्ट्रोल यसमा पाउन सकिन्छ ।

नेपाली बजारमा स्कोडा कोडियाक स्टाइल भेरिएन्टमा उपलब्ध रहेको छ, यसको मूल्य १ करोड ६५ लाख रुपैयाँ तोकिएको छ ।


Back_to_top