निसान एक्स-ट्रायलको चौथो जेनेरेशन सार्वजनिक

काठमाडौं । निसानले संघाई मोटर शोमा चौथो जेनेरेशन एक्स-ट्रायल शोकेश गरेको छ । निसानको प्रोडक्सन लाइनअपमा एक्स-ट्रायल सबैभन्दा ठूलो मध्येको एक एसयूभी हो । कम्पनीले यसलाई ५ र ७ सिट अप्सनमा विक्री गर्दै आएको छ ।

कम्पनीले चौथो जेनेरेशन मोडलमा पनि यसको बल्की डिजाइन र उत्कृष्ट इन्टेरियरलाई निरन्तरता दिएको छ । नयाँ जेनेरेशन मोडललाई कम्पनीले सिएमएफ-सी क्रसओभर प्ल्याटर्फममा तयार गरेको हो । यो नयाँ प्ल्याटफर्म निसान-रेनो र मित्सुवीसी एलायन्सले तयार गरेको हो ।

निसानको डिजाइन फिलोसोपी ३.० मा आधारित रहेर नयाँ जेनेरेशन एक्स-ट्रायललाई अपग्रेड गरिएको छ । स्प्लीट एलइडी हेडल्याम्प, ट्रापाजोइल्ड फ्रन्ट ग्रिल, नयाँ बम्पर, चंकी सिल्भर बुस प्लेट जस्ता फिचरले यसको बाहिरी बनोट उत्कृष्ट देखिएको छ ।

यसको इन्टेरियरमा पनि निकै परिमार्जन पाउन सकिन्छ । ड्यासबोर्डमा फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, कनेक्टीभीटी फिचर, वायरलेस चार्जर, भ्यान्टिलेटेड फ्रन्ट सिट, ड्राइभर एसिस्ट फङसन जस्ता फिचर पाउन सकिन्छ ।

निसानले यसमा इ पावर हाइब्रिड टेक्नोलोजी प्रदान गरेको छ । १.५ लिटर पेट्रोल इन्जिनको साथ आउने यसको संयुक्त मोटरले १९१ एचपी पावर प्रदान गर्छ । यसमा अल ह्वील ड्राइभ सिस्टम रहने छ ।


Back_to_top