काठमाडौंमा ‘मेड इन नेपाल’ पी-वान इलेक्ट्रीक मोटरसाइकलको टेष्ट ड्राइभ (फोटोफिचर)

काठमाडौं । नेपालमा बनेको इलेक्ट्रीक मोटरसाइकलको टेष्ट ड्राइभ सुरु भएको छ । युवा इन्जिनियरको टिमले निर्माण गरेको मोटरसाइकलको टेष्ट ड्राइभ कार्यक्रम होटल हायातमा चलिरहेको छ ।

कम्पनीले नयाँ मोडल पी-१ को टेष्ट ड्राइभ मार्फत प्रतिक्रिया लिइरहेको छ । कम्पनीले आफ्नो वेवसाइट मार्फत टेष्ट ड्राइभ गर्न चाहानेहरुको फारम लिएको थियो ।

कम्पनीले यस अघि पी-० मोडल सार्वजनिक गरेको थियो भने उक्त मोटरसाइकल निमार्णको अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । केही समय पश्चात उक्त लिमिटेड एडिशन मोटरसाइकल बुकिङ गर्ने ग्राहकलाई हस्तान्तरण गर्नेछ । साथै, कम्पनीले नयाँ मोडल पी–१ लाई रेगुलर मोडलको रुपमा उत्पादन गर्ने जनाएको छ ।

यात्रीको नयाँ मोटरसाइकल पी-१ मा रहेको मोटरले १९ हर्सपावर तथा ९० एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १०० किलोमिटर प्रतिघन्टा रहेको छ । यो नमुना मोडलको पावर उत्पादन मोडल आउँदा केहि तलमाथि हुन सक्ने कम्पनीले जनाएको छ ।

यात्री कम्पनीले उत्पादन गर्ने मोटरसाइकल अर्को हप्ता नेपालमा सार्वजनिक हुँदैछ । कम्पनीले सन् २०१९ मा ‘पी-०’ मोडलको प्रोटोटाइप सार्वजनिक गरेको थियो ।

अप्रिल २३ मा सार्वजनिक गर्ने मिति तय भएको यात्री पी-० सँगै कम्पनीले अर्को एड्भेञ्चर मोडल पी-१ पनि ल्याउन ल्याउन लागेको हो ।


Back_to_top