कियाको ईभी बिक्री ‘कोल्याप्स’ !

काठमाडौं । कोरियन कार निर्माता किया मोटर्सले अमेरिकी बजारमा ठूलो धक्का खाएको छ । किया मोटर्सको विद्युतीय कार बिक्री सन् २०२५ को पहिलो हाफमै ५१ प्रतिशतले घटेको हो ।

कियाले बिक्री गर्दै आएको ईभी-सिक्स र ईभी-नाइनको बिक्री ठूलो संख्यामा गिरावट आएको हो । अघिल्लो वर्षको ६ महिनामा ९ हजार ६७१ युनिट बिक्री भएको किया ईभी-नाइन यो वर्ष ५१ प्रतिशतले घटेर जम्मा ४ हजार ९३८ युनिट मात्रै बिक्री भएको हो ।

त्यस्तै, कियाको अर्को मोडल ईभी-सिक्स गत वर्ष १० हजार ९४१ युनिट बिक्री भएको थियो । यस वर्ष ५ हजार ८७५ युनिट मात्र बिक्री भएको हो ।

अझ आगामी सेप्टेम्बरको अन्त्यसँगै अमेरिकी सरकारले ईभीमा दिँदै आएको करमा अनुदान रोक्ने भएसँगै ईभीको बिक्री अझै कमजोर हुने अनुमान गरिएको छ ।

ईभीको बिक्रीमा उच्च गिरावट आए पनि अमेरिकामा पेट्रोलियम पदार्थबाट चल्ने कारहरूको बिक्री भने बढेको छ । गत वर्षको ६ महिनामा कम्पनीले ३ लाख ८६ हजार ४६० युनिट पेट्रोलियम पदार्थबाट चल्ने कार बेचेको थियो । यस वर्षको पहिलो हाफमा ४ लाख १६ हजार ५११ युनिट भेहिकल बिक्री भएको हो ।

अमेरिकामा कियाको बिक्रीमा सबैभन्दा ठूलो हिस्सा स्पोर्टेज एसयूभी र के-फाइभ सेडानको छ ।


Back_to_top