रेनो काइगरको भारतमा सान्दार इन्ट्री, सब फोर मिटरमा महिन्द्रा, फोर्ड र निसानलाई जित्यो

काठमाडौं । सब फोर मिटर सेग्मेन्टमा हिजोबाट मात्रै विक्री सुरु भएको रेनो काइगरले भारतमा राम्रो सुरुवात गरेको छ । फेब्रअरी महिनामा भएको उत्पादन र डिलरमा पठाइएको यूनिटलाई आधारमान्दा काइगरले महिन्द्रा एक्सयूभी ३००, फोर्ड इकोस्पोर्ट र निसान म्याग्नाइटलाई उछिनेको छ ।

भारतमा सब फोर मिटर सेग्मेन्टमा यूटिलीटी भेहिकलको उत्पादन र विक्री उच्च रहेको छ । यस्तोमा रेनोको नयाँ मोडल काइगरले आउँदै आफुलाई सूचीको ५ औं स्थानमा सुरक्षीत गरेको छ । कम्पनीले फेब्रुअरीमा ३ हजार २२६ यूनिट गाडी डिस्प्याच गरेको तथ्यांक सार्वजनिक गरेको हाे ।

यो सेग्मेन्टमा फेब्रुअरीको तथ्यांकमा मारुती सुजुकी ब्रेजा पहिलो स्थानमा आएको छ । उसले ११ हजार ५८५ यूनिट डिलरमा पठाएको छ । दोस्रो स्थानमा हुन्डाई भेन्यू परेको छ । भेन्यू ११ हजार २२४ यूनिट पठाइएको छ ।

सूचीको तेस्रो स्थानमा ७ हजार ९९७ यूनिटसहित किया सोनेट र चौथो स्थानमा ७ हजार ९२९ यूनिटसहित टाटा नेक्सन रहन सफल भएको छ ।

पाँचौ स्थानमा रेनो काइगर, छैटौ स्थानमा महिन्द्रा एक्सयूभी ३०० रहेको छ । एक्सयूभी ३०० भने ३ हजार १७४ यूनिट डिलरमा पठाइएको छ ।
फोर्ड इकोस्पोर्ट सूचीको सातौं स्थानमा परेको छ । फेब्रुअरीमा ३ हजार १७१ यूनिटसहित इकोस्पोर्ट सातौं स्थानमा परेको हो । सूचीको ८ औं स्थानमा निसान म्याग्नाइट रहेको छ । २ हजार ९९१ यूनिटसहित म्याग्नाइट ८ औं स्थानमा परेको हो ।


Back_to_top