किङलङ को नयाँ शोरुमा पानीपोखरीमा

काठमाडौं । इलेक्ट्रीक कमर्सियल भेहिकल किङलङ को नयाँ शोरुम काठमाडौंको पानीपोखरीमा संचालनमा आएको छ । उक्त शोरुमको उद्घाटन मंगलबार किङलङ का चेयरम्यान ल्यीउ झिजुनले गरेका हुन् ।

ग्राहकको सहजता र सुविधाका लागि नयाँ शोरुम संचालनमा ल्याइएको किङलङ  १४, १६ र १९ सिटर इलेक्ट्रीक कमर्सियल भेहिकलको अधिकारिक बिक्रेता सीजी मोटर्सले बताएको छ ।

नयाँ शोरुममा किङलङ  १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनीभ्यान गरी चारवटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

सबै भेरियन्टहरुमा उत्कृष्ट सीएटीएल ब्याट्री टेक्नोलोजीको प्रयोग भएको छ । जसले एकफुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ। यी गाडीमा राखिएको मोटरले ३१० एनएमको टर्क जेनेरेट गर्छ ।

किङलङ  १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०.२३ किलोवाटको ब्याट्री पाउन सकिन्छ। यसका साथै उक्त गाडीमा एबीएस, ईबीडी, १८० एमएम ग्राउण्ड क्लियरेन्स , १५ इन्चको टायर  रिभर्स क्यामेरा , रिभर्स क्यामेरा विथ सेन्सर, एसी लगायत फिचर पाउन सकिन्छ । यस गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न ४५ मिनेट लाग्छ ।


त्यस्तै, किङलङ  १६ सिटर भ्यानमा ५३.५८ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ। यस गाडीमा १५ इन्चको टाएर, एबीएस, सेन्ट्रल लकिङ्ग, एसी, रिभर्स क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर विथ बजर, एभीएएस लगायत फिचर पाउन सकिन्छ ।

त्यस्तै, १९ सिटर मिनीभ्यानमा ७७.२८ किलोवाटको ब्याट्री, २२० एमएम ग्राउण्ड क्लियरेन्स, १६ इन्चको टायर, एबीएस, रिभर्स क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर, एभीएस, सेन्ट्रल लकिङ्ग, एसी, एलईडीडीआरएल विथ प्रोजेक्टर हेड ल्याम्प लगायत फिचर छन् ।

किङलङ  १४ सिटर भ्यानको ब्याट्री र मोटरमा २ लाख किलोमिटर वा  ५ वर्षको वारेन्टी पाउन सकिन्छ । त्यस्तै, १६ सिटर र १९ सिटर भ्यानमा ४ लाख किलोमिटर वा ७ वर्षको ब्याट्री वारेन्टी पाइन्छ ।

किङलङको पानीपोखरीसँगै नेपालभर थप २१ वटा शोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा पाइन्छ । कम्पनीले देशभरका १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आएको छ ।

 


Back_to_top