कामाडौं । इन्डोनेशियामा विलिङले उत्पादन गरेको ह्याचव्याक कार विङ्गो नेपाल आइपुगेको छ । यसलाई आधिकारीक बिक्रेता नियुक्त भएसँगै पारामाउन्ट मोटर्सले नेपाल ल्याएको हो ।
‘गाडी काठमाडौं आइपुगेको छ । कम्पनीको तर्फबाट गर्नु पर्ने प्रक्रिया छन् । त्यसलाई पुरा गरेपछि टेष्ट ड्राइभ खुल्ला गर्नैछौं । यी सबै काम यहि साता पुरा हुन्छ होला’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
विलिङ विङ्गो ह्याचब्याक मोडल हो । निकै आकर्षक डिजाइनमा तयार भएको विङ्गो झण्डै ४ मिटर लामो छ । नेपालमा मोटर पावरलाई मात्रै आधार मानेर कर निर्धारण हुने भएकोले विङ्गोमा रहेको ४९ किलोवाट क्षमातको इलेक्ट्रीक मोटर बलियो पक्ष हो ।
विङ्गो ईभीको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम छ । जुन औषत ह्याचव्याक कारभन्दा ठूलो हो ।
यसमा ब्याट्री भने ३२ किलोवाट आवर क्षमताको छ । सानो मोटर भएको कारण यसले रेन्ज पनि राम्रो दिने कम्पनीको दावी छ । पारामाउन्ट मोटर्सले विङ्गो ह्याचव्याक टेष्ट ड्राइभ गर्न चाहनेलाई टेष्ट ड्राइभ खुल्ला गर्न लागेको हो ।
विलिङले आफ्नो कारलाई फिचर लोडेड बनाउन कुनै कसर बाँकी राखेको छैन । यसमा दुई वटा १०.२५ इन्चको स्कृन पाउन सकिन्छ । लेदर सिट, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, रिमोर्ट स्टार्ट, किलेस इन्ट्री, अटोमेटीक पार्किङ, ट्रायाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।
करिब एक महिना अगाडि कम्पनीले भन्सार प्रयोजनको लागि प्रकाशन गरेको अधिकतम खुद्रा बिक्री मूल्य ३२ लाख ९९ हजार निर्धारण गरेको थियो । त्यहि मूल्यमा आउँछ वा थपघट हुन्छ, त्यसको विषयमा कुनै जानकारी दिएको छैन ।