डाउन पेमेन्ट नगरि एनआइयू स्कुटर किन्न सकिने, एक्सचेन्जमा १ लाख थप मूल्यांकन

काठमाडौं। एनआईयूले शून्य प्रतिशत डाउन पेमेन्टमा स्कुटर किन्न सकिने स्कीम ल्याएको छ । एनआइयूको एमक्यूआई प्लस स्पोर्टी इलेक्ट्रीक स्कुटर डाउन पेमेन्ट नगरि किन्न सकिने स्कीम ल्याएको हो ।

एनआइयूको नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले उक्त स्कुटर शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध गराएको हो । यसको मूल्य नेपाली बजारमा २ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

एनआइयू इलेक्ट्रीक स्कुटर एक्सचेन्ज मार्फत किन्दा पुरानो बाइकमा १ लाख रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन दिने समेत कम्पनीले जनाएको छ ।

कम्पनीले एक्सचेन्ज भ्यालुएसन १ लाख, शुन्य प्रतिशत ब्याज, ८० प्रतिशत फाइनान्स र मासिक इएमआइ ४ हजार जस्ता स्कीम उपलब्ध गराएको हो ।

नेपाली बजारमा नियूको एनक्यूआई स्पोर्ट, एनक्यूआई–जीटी, एमक्यूआई प्लस र गोभा लागायत अन्य मोडलका स्कुटर उपलब्ध रहँदै आएका छन् ।


Back_to_top