नेपाललाई उपयुक्त हुने कियाको इलेक्ट्रीक एसयूभी, ८ दिनपछि सार्वजनिक हुने

काठमाडौं । कियाले ईभी सिरिजमा उत्पादन गरेको नयाँ कम्प्याक्ट एसयूभी ईभी-थ्री मे २३ तारिखमा सार्वजनिक हुने भएको छ । आजको ८ दिनपछि सार्वजनिक हुने ईभी-थ्री मोटर पावर र ब्याट्री साइजको आधारमा नेपालको लागि पनि उत्कृष्ट हुने अनुमान गर्न सकिन्छ ।

कम्पनीले अहिलेसम्म यसको ब्याट्री साइज र मोटर पावरको विषयमा जानकारी दिएको छैन । तर, अहिलेसम्म बाहिर आएका हल्ला र चर्चालाई आधार मान्ने हो भने यसमा ४५ किलोवाट आवर, ५८ किलोवाट आवर र ७७ किलोवाट आवर क्षमताको ब्याट्री रहने छ ।

मोटर पावर पनि १०० किलोवाटदेखि २५० किलोवाटसम्मको अप्सनमा आउन सक्ने बताइएको छ । यसलाई कम्पनीले रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा ल्याउन सक्नेछ ।

आफ्नो प्रिमियम एसयूभी ईभी-नाइनको बडी डिजाइनबाट प्रेरित ईभी-थ्रीको फन्ट फेसिया निकै बोल्ड लाग्छ । अगाडिको फेसियालाई एल आकारमा दिइएको एलइडी डे टाइम रनिङ लाइट र डट प्याट्रनमा प्रयोग गरिएको एलइडी हेडल्याम्पको कम्बीनेशन निकै उत्कृष्ट देखिएको छ ।

बडी क्लाडिङ, फ्रन्टमा दिइएको बडी कलरभन्दा पृथक सिल्भर कलर एसेन्ट, ड्यूल टोन अलोय ह्वीलले सडकमा ईभी–थ्रीलाई पृथक देखाउने सहजै अनुमान लगाउन सकिन्छ ।

यसको क्याविनमा १०.२५ इन्चका दुई स्कृन एकसाथ जोडेर दिइएको छ । दुई मध्ये एक इन्फर्मेशन डिस्प्ले हो भने अर्को इन्फोटेन्टमेन्ट सिस्टम हो । गाडी सम्बन्धी सम्पूर्ण जानकारी र सेटिङहरु यहाँ पाउन सकिन्छ ।

थ्री स्पोक स्टेरिङ ह्वील, फ्लोटिङ सेन्टर कन्सोल, एम्बीयन्ट लाइट, निकै स्लीक ड्यासबोर्ड डिजाइन, म्यूजिक र लग्जरीको संयोजन यसको क्याविनमा पाउन सकिन्छ ।


Back_to_top