विलिङको क्लाउड भारतमा ‘एमजी क्लाउड ईभी’ नाममा सार्वजनिक हुने

काठमाडौं । एमजी मोटर भारतले एमजी क्लाउड ईभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो नयाँ भेरियन्टको रूपमा उक्त ईभी सार्वजनिक गर्न लागेको हो ।

भारतमा सार्वजनिक हुन लागेको एमजी क्लाउड ईभीलाई इन्डोनोसियामा विलिङ क्लाउड र चीनमा बाओजुन नामले चिनिन्छ ।

५ सिटे यो ईभीमा हेडलाइट माउण्टेड बम्पर, फल्स डोर ह्यान्डल, फुललेन्थ एलईडी लाइट, ड्यासबोर्डमा ठूलो साइजको इन्फोटेन्मेन्ट स्क्रीन, डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर, १३५ डिग्री रिक्लाइन ब्याकसिट, ३६० डिग्री क्यामराका साथै एडास सिस्टम समेत रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा क्लाउड ईभी दुई वटा ब्याट्री पावरमा उपलब्ध छ । क्लाउड ईभी इन्डोनेसियामा विलिङको ब्राण्डमा बिक्री भइरहेको भएता पनि भारतमा भने एमजीको ब्राण्डमा बिक्री हुनेछ । यसअघि पनि इन्डोनेशियामा विलिङ एयरको नाममा बिक्री भइरहेको मिनी कार एयर ईभी भारतमा एमजी ब्राण्डमा कोमेटको नाममा बिक्री भइरहेको छ ।

बर्न ईभी प्ल्याटफर्ममा बनेको क्लाउड ईभीको लम्बाइ ४३०० एमएमको रहेको छ भने यसको ह्वीलबेस २७०० एमएमको रहेको छ । यो ईभीलाई ठूलो साइजको ह्याचब्याक र एमपीभीको क्रसओभर भन्न सकिन्छ ।

जसमा ३७.९ किलोवाटको ३६० किलोमिटर गुडाउन सकिन्छ भने ५०.६ किलोवाटको ४६० किलोमिटर गुडाउन सकिन्छ । यसको फ्रन्ट एक्सलमा दिएको मोटरले १४३ हर्सपावर जेनेरेट गर्छ । भारतमा सार्वजनिक गर्न लागेको एमजी क्लाउड ईभीको मूल्य २० लाख भारुभन्दा कम हुने सम्भावना रहेको छ ।

भारतमा उत्पादन हुँदा यो ईभीमा धेरै मात्रामा लोकलाइज हुनेछ । यसमा ब्याट्रीप्याक समेत भारतमै उत्पादित प्रयोग हुनेछ ।


Back_to_top