पुरानोभन्दा स्पोर्टी लुक्समा नयाँ पल्सर १५०, यस्ता छन् ७ फरक

काठमाडौं । बजाजले १५० सीसी सेग्मेन्टमा पल्सरको नयाँ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले नयाँ सिरिजलाई पी १५० भनेर नामाकरण गरेको हो ।

नयाँ जेनेरेशन पल्सर १५० मा इन्जिन साइज पुरानै रहेको छ । एउटै साइजको इन्जिन भएपनि नयाँ पल्सर १५० पहिलेभन्दा पारवफुल इन्जिनमा उपलब्ध भएको छ ।

कम्पनीले यसको डिजाइन पहिलेभन्दा निकै स्पोर्टी बनाएको छ । नयाँ मोडल सार्वजनिक गरेको बजाजले पी १५० बजारमा विक्री सुरु गरेसँगै पुरानो पल्सर १५० को विक्रीलाई निरन्तरता दिन्छ वा दिदैन भन्ने एकिन भएको छैन ।

नेपालमा सर्वाधिक विक्री हुने पल्सर १५० को स्थानमा नयाँ आएको मोडल पुरानोको तुलनामा कति फरक छ भन्ने बारेमा हामीले यहाँ केही तथ्य केलाउने प्रयास गरेका छौं ।

डिजाइन

पुरानो पल्सरको तुलनामा नयाँ सिरिजमा फ्यूल टयाङ्कलाई ठूलो बनाइएको छ भने यसमा एजको प्रयोग गरिएको छ । त्यस्तै नयाँ मोटरसाइकलको पछाडिको भागलाई अझै मस्कुलर बनाइएको छ । नयाँ पल्सरमा नयाँ हेडल्याम्प नयाँ सिट सेटअप देख्न सकिन्छ ।

एक्जष्ट

पल्सर पी १५० मा एन सिरिजबाट लिइएको अन्डरवेली एक्जष्ट रहेको छ । यसले पुरानो मोटरसाइकलको तुलनामा नयाँ मोटरसाइकलको तौल १० केजीले कम भएको कम्पनीले जनाएको छ ।

फिचर

यी दुबै पल्सर १५० मा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । पी १५० मा एन १६० र २५० मा प्रयोग भएको इन्फिनिटी डिस्प्ले दिइएको छ । यसका गियर इन्डिकेटर, डिस्ट्यान्स टु इम्पिटी जस्ता नयाँ फिचर पाउन सकिन्छ ।

यूएसबी चार्जिङ

पी १५० मा ट्याङ्क माउन्ट गरिएको यूएसबी चार्जिङ पोर्ट पाउन सकिन्छ । त्यसले मोटरसाइकल चलाउँदै आफ्नो मोवाइल फोन चार्ज गर्ने सुविधा उपलब्ध हुनेछ ।

इन्जिन

पल्सर पी १५० मा १४९.६८ सीसीको नयाँ इन्जिन दिइएको छ । यो इन्जिनले अधिकमत १४.५ पीएस र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यो पुरानो पल्सरको तुलनामा केही धेरै हो । पुरानो पल्सरमा रहेको १४९ सीसी इन्जिनले १४ पीएस पावर तथा १३.२५ एनएम टर्क जेनेरेट गर्छ । यी दुबैमा ५ स्पीड गियरबक्स जडित छ ।

सस्पेन्सन

पल्सर पी १५० मा पुराने १५० को रियर ट्वीन ग्यास चार्ड सस्पेन्सन हटाएर मोनोशक सस्पेन्सन दिइएको छ । मोटरसाइकलको फ्रन्टमा भने टेलिस्कोपीक सस्पेन्सनलाई निरन्तरता दिइएको छ ।

ब्रेकिङ

पल्सर पी १५० को डिस्क साइज पुरानो मोडलको तुलनामा सानो दिइएको छ । पुरानो मोडलको फ्रन्टमा २८० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको थियो । नयाँ मोडलको फ्रन्टमा २६० र रियरमा २३० एमएमको डिस्क पाउन सकिने छ ।


Back_to_top