चार्जिङ स्टेशन निर्माताले बनाएको दुई स्कुटर नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । चार्जिङ स्टेशन निर्माता कम्पनी ओकायाले उत्पादन गरेको इलेक्ट्रीक स्कुटर नेपाल आएको छ । ओकायाका उत्पादन वृद्धि ससिला इलेक्ट्रीक प्रालिले नेपाल ल्याएको हो ।

कम्पनीले सुरुवाती चरणमा दुई मोडलका स्कुटर नेपाल ल्याएको जनाकारी दिएको छ । सिंगल चार्जमा ९० देखि १७० किलोमिटरसम्म रेन्ज दिने ओकायाका स्कुटर नेपालमा विक्री सुरु गरेको हो ।

अहिले ओकाया एफ ४ र एफ २ टीको विक्री सुरु भएको छ । ओकाया एफ ४ मा १.२ किलोवाट रेटेड पावरको हव मोटर रहेको छ । यसमा ४.४ किलोवाट क्षमताको लिफेपो ब्याट्री दिइएको कम्पनीले जनाएको छ । फास्ट चार्जिङ सपोर्ट गर्ने एफ४ स्कुटर ३.५ घन्टमा फुलचार्ज हुनेछ । यसको टप स्पीड ७० किलोमिटर प्रतिघन्टा रहेको छ ।

सबै प्रकारका लाइट एलइडी प्रयोग गरिएको स्कुटरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । ओकाया एफ फोरमा ईको, सिटी, स्पोर्टस् र ब्याक गरी चार मोड उपलब्ध छन् । यसमा रिजेनेरेटीभ सिस्टम, रिमोट कि, किलेस स्टार्ट, कोम्वी ब्रेकिङजस्ता फिचर पाउन सकिन्छ ।

त्यसैगरी, ओकाया एफ २ टीमा ओकाया एफ ४ मा जस्तै १.२ किलोवाट रेटेड पावरको हव मोटर रहेको छ । यसमा २.२ किलोवाट क्षमताको लिफेपो ब्याट्री दिइएको छ । यसले एकपटकको फुलचार्जमा ९० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दावी छ । यो स्कुटर फास्ट चार्जिङ सपोर्ट गर्छ भने २ घन्टमा फुलचार्ज गर्न सकिन्छ । यसको टप स्पीड ७० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा सबै प्रकारका लाइट एलइडी प्रयोग गरिएको छ । यो स्कुटरमा अधिकांश फिचर एफ ४ मा रहेको नै उपलब्ध छन् ।

कम्पनीले ओकाया एफ ४ को मूल्य ३ लाख ९० हजार रुपैयाँ र एफ २ टीको मूल्य २ लाख ९० हजार रुपैयाँ तोकेर विक्री सुरु गरेको हो ।


Back_to_top