सबैभन्दा बढी आयकर तिर्ने ‘बालाजु अटो वर्कस’, पायो सम्मान

काठमाडौं । आन्तरिक राजस्व कार्यालयले हरेक वर्ष गर्ने करदाता सम्मान यस वर्ष बालाजु अटो वर्कसले पाएको छ । महिन्द्राका गाडी सर्भिस र स्पेयर पार्टसको आधिकारीक कारोबार गर्ने बालाजु अटो वर्कसले आर्थिक वर्ष २०७७÷०७८मा सबैभन्दा बढी कर तिरे वापत सम्मान पाएको हो ।

सम्मान कार्यक्रममा अग्नी ग्रुप अन्तर्गतको बालाजु अटो वर्कस प्रालिलाई आन्तरिक राजस्व कार्यालयले सम्मान पत्र प्रदान गरेको हो ।

बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो । झन्झटमुक्त सवारीसाधन सेवाका साथसाथै, कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टको पनि विक्री वितरण गर्दै आएको छ ।


Back_to_top