काठमाडौं । विश्वव्यापी रुपमा बढ्दै गएको ब्याट्री इलेक्ट्रीक भेहिकलको प्रयोगसँगै यसमा प्रयोग हुने फरक–फरक ब्याट्री टेक्नोलोजीको पनि चर्चा हुने गरेको छ । सबै ईभी उत्पादकहरुले प्रयोग गर्ने ब्याट्री लिथियम वेस भएपनि टेक्नोलोजी भने फरक रहँदै आएको छ ।
विद्युतीय सवारीसाधन उत्पादनको लागि सबैभन्दा महत्वपूर्ण बस्तु मध्येको एक ब्याट्रीमा नयाँ नयाँ खोज चलिरहेको छ । जापानी उत्पादकहरु सोलिड स्टेट ब्याट्री उत्पादनमा केन्द्रित छन् भने बीवाइडीले ब्लेड टेक्नोलोजीमा आधारित ब्याट्री उत्पादन गरिरहेको छ । तर, यी सबै ब्याट्रीको उत्पादन र प्रयोग सिमित मात्रै छ ।
त्यसैले अहिलेको चल्तीका ब्याट्री एलएफपी (LFP) र एनएमसी(NMC) टेक्नोलोजीमा आधारित रहेका छन् । यी ब्याट्रीमा लिथियमसँग प्रयोग गरिने फरक–फरक रसायनिक तत्वको कारण यसको प्रकार बर्गिकरण गरिएको हो । यसरी बर्गिकरण गर्दा एलएफपी र एनएमसी नाम दिइएको हो । यी दुई ब्याट्री बीच पफर्मेन्स, लङ्गीभीटी, सेफ्टी र मूल्यमा फरक हुने गर्छ ।
के हो एनएमसी ब्याट्री ?
छोटोमा भन्नु पर्दा एनएमसी ब्याट्री निकेल, म्यांगनीज र कोबाल्टको मिश्रण हो । यसलाई कहिलेकाहीँ लिथियम म्यांगनीज कोबाल्ट अक्साइड व्याट्री पनि भन्ने गरिन्छ ।
लिथियमसँग ब्याट्रीमा प्रयोग हुने क्याथोड मेटेरियलले एनएमसी र एलएफपी ब्याट्रीलाई भिन्न बनाउँछ । यसमा प्रयोग भएको क्याथोड मेटेरियलले यसको कस्ट, पफर्मेन्स र लाइफलाई निक्यौल गर्छ । कोबाल्ट महँगो धातु हो भने, लिथिएम अझ धेरै महँगो हुन्छ ।
के हो एलएफपी ब्याट्री ?
एलएफपी ब्याट्रीमा क्याथोड मेटेरीयलको रुपमा आइरन फस्फेटको प्रयोग हुन्छ त्यसैले यसलाई लिथियम आइरन फस्फेट वा लिथियम आयोन ब्याट्री समेत भनिएको हो । यसको सबैभन्दा महत्वपूर्ण कुरा भनेको लामो लाइफ साइकल हो ।
उत्पादकहरुले एलएफपी ब्याट्रीको लाइफ १० वर्षको भन्ने गरेका छन् । यसलाई प्रायः शोलार स्टोरेज र मोवाइल फोनमा प्रयोग गरिन्छ । यो ब्याट्री एनसीएमको दाँजोमा धेरै स्टेवल हुने गर्छ । साथै, यो ब्याट्रीले माइनस ४.४ देखि ७० डिग्री सेल्सीयससम्म काम गर्न सक्छ । एलएफपी ब्याट्रीमा लामो समयसम्म हाइ भोल्टेज ब्याट्री स्टोरेज गर्न सकिन्छ ।
एलएफपी र एनएमसी बीच मूख्य फरक
सामान्य रुपमा बुझ्नु पर्दा एनएमसी ब्याट्री हाई इनर्जी डेन्सीटी भएको ब्याट्री हो । एलफपीको दाँजोमा उत्तिकै क्षमताको ब्याट्रीले भन्दा एनसीएमले धेरै पावर उत्पादन गर्न सक्छ ।
त्यतिनै पावरका लागि धेरै ब्याट्री सेल प्रयोग गर्नु पर्ने भएकाले एलएफपी ब्याट्रीको हाउजीङ (कन्स्ट्रक्सन, कुलिङ, सेफ्टी, इलेक्ट्रीक कम्पोनेन्ट आदि) बनाउन एनसीएमको दाँजोमा २० देखि ५० प्रतिशत ठूलो हुन्छ ।
इनर्जी डेन्सीटीमा फरक
एलएफपीको दाँजोमा एनएमसी ब्याट्रीको इनर्जी डेन्सीटी हाई हुन्छ । जसका कारण यसको पफर्मेन्स एलएफपीको दाँजोमा राम्रो हुन्छ । हाई इनर्जी डेन्सीटी भनेको वेटर एक्सीलरेसन पफर्मेन्स हो । तर, इनर्जी स्टोरेजका लागि भने एलएफपी ब्याट्री राम्रो हुन्छ ।
समग्रमा भन्नुपर्दा एनएमसीको राम्रो प्रफर्मेन्स तर, कम ब्याट्री लाइफ हुन्छ भने एलएफपीको राम्रो व्याट्री लाइफ तर कमजोर पफर्मेन्स हुन्छ ।
टेम्प्रेचर टलरेन्स
यी दुई ब्याट्री फरक फरक मेटेरियलले बनेको हुनाले फरक टेम्प्रेचर टलरेन्स हुन्छ । एनएमसी ब्याट्रीको टेम्प्रेचर रेसिस्टेन्स व्यालेन्स हुन्छ । यसले सामान्यतया लो तथा हाई टेम्प्रेचरको वातावरणमा काम गर्छ ।
एलएफपी ब्याट्रीको हाई टेम्प्रेचर रेसिस्टेन्ट राम्रो हुन्छ । लो टेम्प्रेचर रेसिस्टेन्ट भने केही कम हुन्छ । शून्य डिग्रि सेल्सीयसमा एलएफपी ब्याट्रीको पफर्मेन्स १० देखि २० प्रतिशतसम्म घट्छ । माइनस २० डिग्रि टेम्प्रेचरमा ४० प्रतिशतसम्म प्रफर्मेन्स घटेको हुन्छ ।
सुरक्षामा दाँज्दा
ब्याट्री सुरक्षाको विषयमा दाँज्दा एलएफपी ब्याट्री एनएमसीको दाँजोमा धेरै राम्रो रहेको हुन्छ । एलएफपी सेलको केमीकल प्रोपर्टीज र स्ट्रक्चर फ्रेमवर्क धेरै स्टेवल हुन्छ । सुइरोलो घोज्दा, बेस्मारी च्यापीदा, धेरै माथिबाट खसाल्दा पनि यसमा आगलागी तथा बिस्फोटन भएको थिएन । तर, एलएफपी ब्याट्री भने हाई टेम्प्रेचरमा पुग्दा पड्कने सम्भावना धेरै हुन्छ ।
चार्जिङ साइकल
चार्जिङ साइकलका आधारमा यी दुई ब्याट्री दाँज्दा एलएफपी धेरै अगाडि रहेको देखिन्छ । एनएमसी ब्याट्रीको चार्जिङ साइकल ८०० पटक हुन्छ भने एलएफपीको चर्जिङ साइकल ३००० पटक हुने दावा गरिएको छ । अझै राम्रोसँग प्रयोग गरेमा एलएफपी ब्याट्रीको चार्जिङ साइकल ६००० भन्दा धेरै पटक हुने पुष्टी भएको छ ।
मूल्यमा फरक
धेरै मानिसलाई सबैभन्दा धेरै चासो हुने विषय मूल्य हो । सामान्यत एनएमसी ब्याट्री एलएफपीको दाँजोमा महँगो हुने गर्छ । एनएमसीमा प्रयोग हुने कोवाल्ट भन्दा एलएफपीमा प्रयोग हुने फस्फोरस तथा आइरन पृथ्वीमा धेरै पाइने भएकाले यो सस्तो हुन्छ । तर, एलएफपी ब्याट्री प्याकको उत्पादन लागत तथा प्रोसेसीङ धेरै कम्प्लेक्स हुने भएकालै लिथियम आयोन फस्फेट ब्याट्री धेरै सस्तो भने हुदैन ।
यी दुई व्याट्रीमा प्रतिकिलोवाटको हिसाव गर्ने हो भने एलएफपीको मूल्य २० प्रतिशतसम्म कम रहेको छ ।