काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले यो निर्वाचनामा निकै लामो यात्रा गरेका थिए ।
पाटी गठन गरेको ४/५ महिनामा नै निर्वाचन भएकाले पनि उनको यात्रा निरन्तर भइरहेको थियो । आफू र आफ्नो टीमको मनोवल उच्च बनाउन लामिछानेले देश दौडाह गरेका थिए । उनले आफ्नो क्षेत्रमा ४९ हजार २६१ मत ल्याएर निर्वाचन जितेका छन् । उनले आफ्ना सबै प्रतिस्पर्धीले ल्याएको मत जोड्दा पनि भेट्टाउन नसक्नेगरी ३४ हजार २ सय ८१ मतान्तर कायम गर्दै विजयी पाएका हुन् ।
उनले निर्वाचनको क्रममा पूर्वदेखि पश्चिमसम्मको यात्रा गरेका थिए । उनको यात्रामा प्रयोग भएको थियो ‘टोयोटा लाइलक्स’ पीकअप । नेपालमा उपलब्ध पीकअप मध्ये सर्वाधिक विक्री हुने प्रिमियम पीकअपमा हाइलक्स पर्छ । विशेषगरी पहाडी, कच्ची र रफ रोडको लागि उपयुक्त मानिने हाइलक्सलाई लामिछानेले यात्रा गर्ने सवारी मात्रै बनाएनन् । बेला बखत उनले स्टेजकै रूपमा पनि यसको प्रयोग गरे ।
लामिछाने उपस्थित भएका कतिपय भेलामा भीडलाई सम्हाल्न प्रशासनलाई मुस्किल परेको थियो । उनले आफ्नो हालक्समा नै स्पीकर राखेर पछाडिको कार्गो सेक्सनमा भिएर कयौ पटक भाषण गरेको सुन्न सकिन्थ्यो ।
उनले विशेषगरी निर्वाचनलाई ध्यानमा राखेर नै हाइलक्स खरिद गरेको पार्टीका नेताहरूले बताएका छन् । पहिला चढिरहेको गाडी निर्वाचनको लागि उपयुक्त नलागेपछि त्यसलाई बेचेर हाइलक्स लिएका लामिछानेको स्पीडलाई हाइलक्सको पावरले निकै साथ दिएको पार्टीका नेताहरूको भनाई छ ।
उनले प्रयोय गरेको टोयोटा हाइलक्समा २.८ लिटर फोर सिलिण्डर डिजेल इन्जिन छ । उक्त इन्जिनले २०३ हर्सपावर र ४२० एनएम टर्क प्रदान गर्छ । उनले चढेको हाइलक्सको अहिले नयाँमा बजार मूल्य १ करोड २ लाख रुपैयाँ पर्छ ।