काठमाडौं । चेक ब्राण्ड स्कोडाले नयाँ इलेक्ट्रीक एसयूभी ‘एपिक’ देखाएको छ । अबको केही महिना भित्रै बजारमा आउने स्कोडा एपिक साइजका हिसाबले नेपाली सडक सुहाउँदो हुनेछ ।
युरोपियन बजारमा २५ हजार पाउण्ड हाराहारी मूल्य रहने एपिकको लम्बाइ ४१७१ एमएम, चौडाइ १७९८ एमएम र उचाइ १५८१ एमएम हुनेछ । यसलाई स्कोडाले ‘मोर्डन लोलिड डिजाइन ल्याङ्ग्वेज’मा तयार पारेको हो ।
स्कोडा एपिकमा ‘फ्रन्ट ग्लसी ब्ल्याक टेक-डेक फेस’ दिइएको छ । स्लीम डिजाइनको टी सेप एलईडी डे टाइम रनिङ लाइट, चंकी ह्वील आर्क, स्टाइलिस अलोय ह्वील प्रयोग भएको छ । ड्रयाग कोफिसियन्ट ०.२७५ सीडी रहेको एसयूभी निकै सार्प लुकमा देखिएको छ ।
एपिक एसयूभीको फ्रन्टमा २५ लिटरको सानो फ्रङ्क पाउन सकिन्छ । यसको बुट भने ४७५ लिटर क्षमताको छ । पाँच सिट क्षमताको एसयूभीको क्याबिन पनि फिचर लोडेड हुनेछ ।
यस क्याबिन मिनिमल डिजाइन अप्रोचमा तयार पारिएको छ । ड्यासबोर्डमा १३ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र ५ इन्चको ड्राइभर इन्फर्मेशन डिस्प्ले पाउन सकिन्छ । फिजिकल बटनहरूको प्रयोग गरिएको एसयूभीमा कुलिङ प्याड सहितको वायरलेस चार्जर दिइएको छ ।
ड्युल जोन क्लाइमेट कन्ट्रोल, हिटेड सिट, अगाडिका दुई सिट भेन्टिलेटेड पाउन सकिन्छ । ‘माइ स्कोडा एप’मार्फत कनेक्ट कार टेक्नोलोजी प्रयोग गर्न सकिन्छ ।
स्कोडाका अनुसार एपिक एसयूभीमा ३४ केजीभन्दा बढी रिसाइकल गरिएको वस्तुहरू प्रयोग गरिएको छ । ‘सिम्प्ली क्लेभर’ स्लोगनमा कार बनाउने स्कोडाले यसमा छाता राख्ने ठाँउ, चार्जिङ केबल राख्ने विशेष स्थान, ब्याग झुण्डाउने स्थान र स्मार्ट कप होल्डर दिएको छ ।
सानो ब्याट्री भएको सहरमा चलाउने गाडी खोज्ने र हाइवे यात्रामा प्रयोग गर्ने दुवै उपभोक्ताले एपिकमा छनोट पाउने छन् । यसमा ३७ किलोवाट आवरको एलएफपी ब्याट्री भएको भेरियन्ट सहरको लागि उपयुक्त हुन्छ । यसले सिंगल चार्जमा ३०० किलोमिटर आसपास रेन्ज दिन्छ । यसमा ९८ किलोवाट क्षमताको मोटर रहन्छ ।
हाइवेमा यात्रा गर्नेको लागि ५२ किलोवाट आवरको एनएमसी ब्याट्री उपयोगी हुन्छ । यसको रेन्ज ४२५ किलोमिटर आसपार रहन्छ । यसमा १५० किलोवाटको इलेक्ट्रीक मोटर रहनेछ ।
सुरक्षाको लागि एडास फिचर सहितको लामो लिस्ट रहेको एसयूभीमा ड्राइभ एसिस्ट फिचर पनि पाउन सकिन्छ । यसको सबै भेरियन्टले ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ ।
स्कोडाको नयाँ एसयूभी अहिले नेपाल आउँछ भनेर ठोकुवा गर्न सकिँदैन । तर, नेपाली बजार र बाटोको लागि भने यो उपयोगी हुने बाहिर आएको फिचरहरूले प्रष्ट पारेको छ ।


