स्कोडा कुशकको भारतमा मूल्य सार्वजनिक, नेपालमा ५० लाखबाट सुरु हुने अनुमान

काठमाडौं । स्कोडा कुशकको भारतमा मूल्य सार्वजनिक भएको छ । कम्पनीले १० लाख ५० हजारदेखि १७ लाख ६० हजार भारतीय रुपैयाँ मूल्य तोकेर भारतमा विक्री सुरु गरेको हो ।

भारतमा विक्री सुरु भएसँगै साउनदेखि नेपाली बजारमा पनि कुशकको विक्री सुरु हुने आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेज्ले जनाएको छ । कम्पनी स्रोतका अनुसार नेपालमा यसको मूल्य ५० देखि ६५ लाख भित्र हुने जनाएको छ ।

भारतकाे एक्स शाेरुम मूल्य

भारतीय बजारमा कुशक विभिन्न ७ भेरियन्टमा उपलब्ध रहेको छ । १.० टिएसआई इन्जिनमा ५ भेरियन्ट र १.५ लिटर इन्जिनमा दुई भेरियन्टको मूल्य सार्वजनिक भएको हो ।

स्कोडाको ‘एमक्यूबी एओ आईएन प्लाटफर्म’मा बनेको कुशकले भारतमा हुन्डाई क्रेटा, किया सेल्टोस, निसानको किक्स जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ । ग्राहकले कुशकमा उत्कृष्ट पफर्मेन्स, उच्च गुणस्तर, विशेष सुरक्षीत गाडी प्रयोग गर्न पाउने कम्पनीको दावी छ ।

अग्रेसीभ लुक्समा उत्पादन भएको कुशकमा आधुनिक डिजाइन र प्रविधिहरु प्रयोग भएको छ । १७ इन्चको ड्यूलटोन अलोय ह्वील, रुफरेल तथा स्पोइलरको प्रयोगले कुशक निकै स्पोर्टी देखिएको छ ।

क्यावीनमा १० इन्चको टचस्किृन इन्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टीलेटेड फ्रन्टसीट, वायरलेस चार्जीङका साथै एम्बीयन्ट लाइटिङ रहेको छ । यो एसयूभीमा २६५१ एमएमको ह्वीलबेस तथा ३८५ लिटरको बुट स्पेश पाउन सकिन्छ ।


Back_to_top