काठमाडौं । गत साउनमा नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएको केटीए २५० एड्भेन्चर मोटरसाइकलको बिक्री सुरू गरिएको छ ।
केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले शनिवार धनतेरसको अवसर पारेर मोटरसाइकल डेलिभरी दिन सुरू गरेको हो ।
कम्पनीले नक्साल शोरुमबाट एकैदिन २० युनिटसहित अन्य नेपालभरका शोरुमबाट कुल ७० युनिट मोटरसाइकल डेलिभरी दिएको हो ।
नाइमा मोबिलिटी एक्स्पोमो बुकिङ गर्ने ग्राहकलाई कम्पनीले पहिलो पटक मोटरसाइकल डेलिभरी दिएको छ । कम्पनीका अनुसार नाइमादेखि २०० युनिट हाराहारीमा मोटरसाइकल बुकिङ भएकोमा बाँकी ग्राहकले तिहारपछि डेलिभरी पाउने छन् ।
यस्तो छ केटीएम २५० एड्भेन्चर
कम्पनीले केटीएम २५० एड्भेन्चरको २०२५ मोडल नेपाल भित्र्याएको हो । केटीएम २५० एड्भेन्चरमा २४९ सीसी सिगंल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा ३१ पीएस पावर तथा ७००० हजार आरपीएममा २५ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
केटीएम २५० एड्भेन्चरमा स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, अफरोड एबीएस, टीएफटी कन्सोल, राइड वाई वायर, क्वीक सिस्ट्र, स्लिपर क्लच जस्ता फिचर उपलब्ध छ ।
केटीएम २५० एड्भेन्चरको मूल्य ७ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।

