केटीएम ३९० ड्यूकको बिक्री सुरू, मूल्य १ लाख घट्यो

काठमाडौं । केटीएम ३९० ड्यूकको थर्ड जेनेरेशन नेपाली बजारमा बिक्री सुरू भएको छ ।

केटीएमको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले आज एकैपटक देशभरमा रहेकाे शाेरुमबाट ५० यूनिटभन्दा धेरै मोटरसाइकल डेलिभरी दिँदै बिक्री सुरू गरेको हो ।

कम्पनीले विभिन्न फिचर अपडेट भएको केटीएम ३९० ड्यूकको तेस्रो जेनेरेशन मोटरसाइकल बिक्री सुरू गरेको हो । कम्पनीले केटीएम ३९० ड्यूकको च्याचिस, इन्जिन तथा विभिन्न फिचरहरू समेत थप गरेर ल्याएको हो ।

नयाँ ३९० ड्यूकमा ५ इन्च टीएफटी डिस्प्ले, ब्लुटूथ कनेक्टिभिटी, टर्न वाइ टर्न नेभिगेशन, कल अलर्ट, सुपर मोटो एबीएस, कर्नरिङ एबीएस, ट्रायक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, तीन राइड मोड जस्ता फिचर उपलब्ध हुनेछ । यसमा केटीएमले पहिलो पटक एडजष्टेवल फ्रन्ट तथा रियर सस्पेन्सन दिने भएको छ ।

यसमा अल न्यू ३९९ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिन उपलब्ध हुनेछ । यसले ४६ पीएस पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडबक्स गियर उपलब्ध छ ।

यस्तो छ मूल्य

कम्पनीले ८ लाख ९९ हजार रुपैयाँ तोकेर थर्ड जेनेरेशन ३९० ड्यूकको बुकिङसमेत लिइरहेको छ । यसअघि कम्पनीले ९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गरिरहेको मोटरसाइकल अहिले १ लाख रुपैयाँ घटाएको हो ।

गतवर्षको बजेटमार्फत कर घटेपछि कम्पनीले केटीएम ३९० ड्यूकको आयात गरेको थिएन ।


Back_to_top