केटीएम एड्भेन्चर २५० नेपाल आउने पक्का, कति पर्ला मूल्य

काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएमको नयाँ एड्भेन्चर मोटरसाइकल नेपाल आउने भएको छ । केही समय अगाडि भारतीय बजारमा सार्वजनिक भएको एड्भेन्चर २५० नेपाल आउने भएको हो ।

कम्पनीका अनुसार केटीएम २५० एड्भेन्चर आगामि हप्ता सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

पछिल्लो समय कम्पीनीले एड्भेन्चर ३९० नेपालमा सार्वजनिक गरेको थियो । पछिल्लो समय नेपाली बजारमा प्रिमियम एड्भेन्चर मोटरसाइकलको विक्री बढ्दो रहेको छ ।

केटीएम २५० एड्भेञ्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९.६ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसलाई ३९० एड्भेञ्चरबाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर ३९० एड्भेन्चबाट लिएको छ ।

कम्पनीले यसको मूल्यको बारेमा केही जानकारी भने दिएको छैन । केटीएम २५० एड्भेन्चरको मूल्य ७ लाखदेखि ८ लाख रुपैयाँ को बीचमा हुने अनुमान भने गर्न सकिन्छ ।


Back_to_top