काठमाडौं । केटीएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले नाडा अटो शोमा ड्युक २०० एबीएस भर्सन सार्वजनिक गर्ने भएको छ । कम्पनीले भदौ १० गतेबाट सुरु हुने अटो शोमा यो मोटरसाइकलको प्रदर्शन तथा बिक्री गर्ने बताएको छ । यो मोटरसाइकलको मूल्य करिब ५ लाख ४० हजार रुपैयाँमा आउने अनुमान लगाइएको छ ।
अस्ट्रियाको टु–ह्वीलर कम्पनी केटीएमले ड्यूक(२०० एबीएस केही महिना अगाडि भारतीय बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले यस मोटरसाइकलको मूल्य नन्एबीएस मोटरसाइकलको भन्दा ९ हजार बढी निर्धारण गरेको थियो । यस बाइकमा सिंगल च्यानल एबीएसको साथै, नयाँ स्टाइल र एड्भान्स विशेषताहरु दिइएको छ ।
परिमार्जित मोटरसाइकलमा सिंगल पिस ह्यान्डलबार, डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ । कालो, सुन्तला र सेतोगरि तीन कलर भेरिएन्टमा उपलब्ध बाइकको पाङग्रामा कालो, सेतो र सुन्तला रङ्गको कलर दिइएको छ । १९९ सीसी क्षमताको फ्युलइन्जेक्टेड इन्जिनले १० हजार आरपीएममा २४.६ बीएच पावरका साथै ८ हजार आरपीएममा १९.२ एनएम टर्क उत्पादन गर्छ ।
६ स्पीड गियरबक्स जडान गरिएको बाइकको टप स्पीड क्षमता १३५ किलोमिटर प्रतिघन्टा रहेको छ । मोटरसाइकलको फ्रन्टमा ३०० एमएम डिस्क ब्रेक लगाइएको छ भने, रियरमा २३० एमएम डिस्क ब्रेक लगाइएको छ । केटीएम २०० एबीएसमा १७ इन्च अलोय ह्वील लगाइएको छ ।
हाल नेपाली बजारमा यो बाइकको नन्एबीएस मोडलको ४ लाख ९९ हजार ९०० रुपैयाँमा बिक्री वितरण भैइरहेको छ । यसका साथै कम्पनीले अटो शोमा ड्यूक ३९० र ड्यूक आरसी ३९० मोटरसाइकल राख्ने भएको छ । ड्यूक ३९० को मूल्य ८ लाख २९ हजार ९ सय र केटीएम आरसी ३९० को मूल्य ८ लाख ९० हजार ९ सय रुपैयाँ रहेको छ ।
यसका साथै, कम्पनीले नेपाली बजारमा ड्यूक २५०, ५ लाख ८९ हजार ९ सय र आरसी २००, ५ लाख ८४ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएको छ ।

