केटीएमले एकैपटक सार्वजनिक गर्‍यो ६ नयाँ मोटरसाइकल, मूल्य ६ लाखदेखि सुरू

काठमाडौं । केटीएम नेपालले एकैपटक ६ वटा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ।

नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हिजोदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ मा केटीएमको ६ नयाँ मोडलहरू सार्वजनिक गरेको हो।

कम्पनीले नेपाली बजारमा केटीएमको नयाँ मोडलको रूपमा ३९० सीसीमा डबल पर्पस एड्भेन्चर डिजाइनको एन्ड्युरो आर मोटरसाइकल उपलब्ध गराएको छ ।

साथै, कम्पनीले नेपालमा पहिलेदेखि नै उपलब्ध रहेका ड्युक २००, ड्युक २५०, ड्युक ३९० र एड्भेन्चरमा २५० र ३९० मोटरसाइकलको समेत नयाँ जेनेरेसन मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले केटीएम ड्युक २०० को मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ, २५० ड्युकको ७ लाख १४ हजार ९०० रुपैयाँ, ३९० ड्युकको ९ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै, २५० एडभेन्चरको ७ लाख ४९ हजार ९०० रुपैयाँ, ३९० एडभेन्चरको १० लाख ७४ हजार ९०० रुपैयाँ र पहिलो पटक नेपालमा आएको ३९० एन्ड्युरो आरको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ। कम्पनीले केटीएमको यी सबै नयाँ मोटरसाइकलको बुकिङ समेत खुला गरिसकेको छ ।

यी सबै मोटरसाइकलमा सेग्मेन्ट अनुसार दमदार पर्फमेन्स दिने नयाँ सिंगल सिलिण्डरको लिक्विड कुल्ड, फोर स्ट्रोक, डीओएचसी, इएफआइ इन्जिन सेटअपका साथ राइडरलाई आवश्यक पर्ने सम्पूर्ण किसिमका फिचरहरू सेग्मेन्ट अनुसार छुट्टाछुट्टै पाउन सकिन्छ ।

केटीएमका यी सबै मोटरसाइकल नेपालमा निकै चर्चित र प्रिमियम मानिन्छन् । आकर्षक ग्रफिक्स डिजाइन, फिचरहरू र पावरफुल भएकाले यी मोटरसाइकलले सदावहार चर्चा पाउँछन् ।

 


Back_to_top