काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी साधन (ईभी) तथा अन्य सवारी साधन मर्मतसम्भार गर्न ६ महिने तालिम दिने भएको छ ।
महानगरपालिकाको सामाजिक विकास विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै १९ जनालाई ६ महिने ‘अन द जब ट्रेनिङ’ दिन लागिएको जानकारी गराएको हो ।
महानगरका अनुसार उक्त ट्रेनिक लिनका लागि यसअघि महानगरले संचालन गरेको ईभी तथा अन्य सवारी साधन मर्मत सम्बन्धी प्रारम्भिक तालिम लिएको हुनुपर्दछ ।
महानगरको प्रारम्भिक तालिम प्राप्त गरेका प्रशिक्षार्थीहरूलाई काठमाडौं महानगरपालिका, चाँगुनारायण फाउन्डेसन र सम्बन्धित कम्पनी, औद्योगिक प्रतिष्ठानसँगको सहकार्यमा यस्तो तालिम दिइने छ ।
इच्छुक प्रशिक्षार्थीहरूले ७ दिन भित्र अनलाइन आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ । उक्त तालिम २०८२ भदौ १ गतेदेखि सुरू हुनेछ ।


