नयाँ कलर भेरियन्टमा आयो केटीएम आरसी-२००

काठमाडौं । केटीएम इन्डियाले सुपरस्पोर्टस् मोडल आरसी-२०० बाइकलाई ब्ल्याक कलर अप्सनमा सार्वजनिक गरेको छ । यसअघि सेतो कलरमा मात्र उपलब्ध भएको केटीएम आरसी-२०० अब ब्ल्याक पेन्ट स्किममा सार्वजनिक गरिएको हो । 

कम्पनीले यसको मूल्य १ लाख ७७ हजार भारु निर्धारण गरेको छ । बाइकप्रेमीहरूलाई एन्ट्री लेभल प्रिमियम सुपरस्कोर्टस् मोडल केटीएमआरसी २०० ले आकर्षित गर्ने कम्पनीले विस्वास लिएको जनाएको छ ।

यसमा १९९ सीसी क्षमताको सिग्गल सिलिन्डर लगाइएको छ, जसले १० हजार आपीएममा २५ पीएस पावर उत्पादन गर्छ भने ८ हजार पावरमा १९ एनएम टर्क उत्पादन गर्छ । यसमा लिक्विड कुल्ड, फोर स्ट्रोक, डीओएचसी इञ्जिनको प्रयोग गरिएको छ । बाइकलाई स्टील टेरिल्स फ्रेम, आल्मुनियम स्वीङ्गरम र स्पोर्टी वडीवर्कमा निर्माण गरिएको छ । साथै, यसमा अफ साइड डाउन फ्रन्ट फर्क, फ्रोन्ट फर्क, मल्टी फङ्ग्सनल डिजिटल कन्सोल, प्रोजेक्टर हेडल्याम्स, लिड टेल ल्याम्स तथा क्लिप अन ह्यान्डबार प्रयोग गरिएको छ ।

केटीएम आरसी-२०० को लम्बाई १,९७८ मिलीमिटर रहेको छ भने, ६८८ एमएम फराकिलो छ । हाईट ८ सय ३४ मिलिमिटर रहेको यो बाइकको  तौल १ सय ३७ किलोग्राम रहेको छ ।


Back_to_top