केटीएम आरसी २०० को बुकिङ खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २०२२ मोडल केटीएम आरसी २०० को बुकिङ खुल्ला गरेको छ । कम्पनीले केही दिन भित्रै मोटरसाइकलको विक्री सुरु गर्ने लक्ष्यसहित आरसी २०० को बुकिङ लिन सुरु गरेको हो ।

आगामी आइतबारबाट विक्री सुरु हुने केटीएम आरसी २०० को मूल्य ६ लाख ७४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यस अघि विक्री भइरहेको आरसी २०० को मूल्य ६ लाख ५९ हजार ९०० रुपैयाँ रहेको थियो ।

नयाँ भर्सनको मूल्य १५ हजार रुपैयाँले वृद्धि भएको छ । २०२२ भर्सन आरसी २०० को ग्राफिकमा ब्यापक परिर्वतन देख्न सकिन्छ । नयाँ भर्सनमा कम्पनीले एडजस्टेवल ह्यान्डलबार, नयाँ एलसीडी क्लष्टर, नयाँ डिजाइन एलइडी हेडल्याम्प तथा वीन सिल्ड दिइएको छ ।

केटीएमले यसको इन्जिनमा भने कुनै परिर्वत गरेको छैन ।


Back_to_top