नेपाल आयो आकर्षक इलेक्ट्रीक मोटरसाइकल र स्कुटर (मूल्यसहित)

काठमाडौं । भारतीय इलेक्ट्रीक दुई पाङ्ग्रे ब्राण्ड ओडेसीका उत्पादन नेपाली बजारमा आएको छ । ओडेसीका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन इ-गो अटोमोटिभ्सले नेपाल ल्याएको हो ।

अहिले कम्पनीले एउटा मोटरसाइकल र एउटा स्कुटर ल्याएको छ । कम्पनीले ल्याएको मोटरसाइकल इभोक्वीस र स्कुटर रेसर मोडल नेममा आएको हो । कम्पनीले चाँडै कम्यूटर मोटरसाइकल पनि ल्याउने जनाएको छ ।

आज एक कार्यक्रम बीच उक्त ब्राण्डले विक्री सुरु गर्न लागेको मोटरसाइकल इभोक्वीसको मूल्य ४ लाख ५० हजार हारहारी पर्ने छ भने रेसर स्कुटरको मूल्य २ लाख ३५ हजारदेखि ३ लाख ४० हजारसम्मको विभिन्न भेरियन्ट उपलब्ध हुनेछ ।

इ-गो अटोमोटिभ्सले काठमाडौंको नक्सालमा आफ्नो शोरुम स्थापना गरेर आजदेखि इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरको विक्री सुरु गर्न लागेको हो ।

उक्त ब्राण्ड सार्वजनिक गर्न नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङ र चर्चित कलाकार हरिवशं आचार्य लगायतको उपस्थिति रहने कम्पनीले जनाएको छ ।


Back_to_top