काठमाडौं । पछिल्लो समय लगातार पेट्रोलको मूल्य वृद्धि भइरहेको छ । त्यस्तोमा बजाजले पेट्रोल कसरी बचाउन सकिन्छ भनेर टिप्स दिएको छ ।
बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले १० बुँदामा पेट्रोल बचाउने टिप्स दिएको हो ।
मोटरसाइकल घाममा पार्किङ नगर्नुहोस्
कम्पनीका अनुसार चर्को घाममा मोटरसाइकल पार्किङ गर्दा धेरै तातो हाुने र पेट्रोल उडेर घट्न सक्छ । त्यसकारण मोटरसाइकल ओझेल पर्ने स्थानमा पार्किङ गर्दा केही हदसम्म पेट्रोल बचाउन सकिन्छ ।
अनावश्यक थ्रोटल नलिने
मोटरसाइकललाई मध्यम गतिमा चलाउने चालकले पनि उत्कृष्ट माइलेज पाउँछ । त्यसैले मोटरसाइकल चलाउँदा अनावश्यक थ्रोटल दिनु हुँदैन । एउटै रफ्तारमा मोटरसाइकल चलाउनु माइलेजको लागि उपयोगी हुन्छ ।
गुणस्तरिय पेट्रोल हाल्ने
धेरै पैसा कमाउने लोभमा पेट्रोल पम्पहरुले मिसावट गर्ने गरेको समाचार हामीले सुन्दै आएका छन् । यदि पेट्रोलमा मिसावट छ भने माइलेज मात्र घट्दैन मोटरसाइकलका अन्य पार्टस् पनि खराब हुन सक्छ । त्यसैले विश्वासिलो पेट्रोल पम्पमा गएर पेट्रोल हाल्ने गर्नु पर्छ ।

टायर चेक गर्ने
मोटरसाइकलको टायरमा हावाको प्रेसर कम छ भने यसले सडकमा धेरै स्थान ओगट्छ र इन्जिनले तान्नका लागि धेरै पावर दिनु पर्छ । यस्तो हुँदा पेट्रोलको खपत बढ्छ । त्यसकारण मोटरसाइकलको टायरमा हावाको प्रेसर सधै ठिक लेभलमा राख्नु पर्ने हुन्छ । यसले इन्धन बचाउन मद्दत गर्छ ।
मोडिफाइड नगर्ने
बजाजले मोटरसाइकल मोडिफाइड नगर्न सुझाव दिएको छ । मोटरसाइकल मोडिफाइड गर्दा, एक्जष्ट परिवर्तन गर्दा माइलेजमा कमी आउँछ । त्यसैले मोटरसाइकल मोडिफाइड नगरेर पनि पेट्रोल बचाउन सकिन्छ ।

इन्जिन बन्द गर्ने
काठमाडौं जस्ता सहरमा मोटरसाइकल चलाउद जाममा धेरै बस्नु पर्ने हुन्छ । यस्तो अवस्थामा मोटरसाइकलको इन्जिन बन्द गर्न बजाजले सुझाव दिएको छ । जाममा बस्दा जथाभावी इन्जिन रेभ गर्ने र हर्न बजाउदा पेट्रोल धेरै खर्च हुने र ध्वनी प्रदुषण बढ्ने भएकोले इन्जिन अफ गरेर बस्नु उपयुक्त हुन्छ ।
चोक, स्पार्क प्लग र कार्वोरेटर सफा राख्ने
कम्पनीले मोटरसाइको इन्जिनमा पेट्रोल बल्न मद्धत गर्ने स्थानहरको हेरचाह गरेर पेट्रोल बचाउन सकिने जनाएको छ ।
अनावश्यक गियर नबदल्ने
अनावश्यक रुपमा गियर बदल्दा मोटरसाइकलको माइलेज कम हुन्छ । त्यसकारण लो रेसियो र हाइ आरपीएममा गियर चेन्ज नगर्नुहोस् र पेट्रोल बचाउनु होस् ।
आधिकारिक सर्भिस सेन्टरमा जाने
मोटरसाइकल सर्भिस गर्दा सधै आधिकारिक सर्भिस सेन्टरमा गर्ने र आधिकारिक पार्टस्को प्रयोग गरेर पनि पेट्रोल बचाउन सकिन्छ ।
कम तौल बोक्ने
मोटरसाइकलमा जति तौल धेरै बौक्यो त्यती धेरै पेट्रोल खर्च हुन्छ त्यसकारण ज्यादा तौल बोकेर यात्रा नगर्दा इन्धन बचाउन सकिन्छ । अनावश्यक मोडिफिकेसन गर्दा पनि मोटरसाइकलको तौल वृद्धि हुन्छ ।

