ग्लोबल प्रिमियर अघि नै मिनी ल्याण्ड क्रुजर देखाउँदै टोयोटा

काठमाडौं । टोयोटाले ग्लोबल प्रिमियर अघि नै मिनी ल्याण्ड क्रुजर देखाउने भएको छ ।

कम्पनीले यही महिना (अक्टोबर) अन्तिमबाट जापानको टोकियोमा सुरू हुने जापान मोबिलिटी शो २०२५ मा ग्लोबल प्रिमियर गर्ने योजना बनाएको छ । तर, सो अगावै भोलि (सोमबार) आफ्नो अल न्यू ल्याण्ड क्रुजर एफजे विशेष अतिथिका बीच प्रिभ्यू गर्ने भएको हो ।

जापानी संचार माध्यम म्यागएक्सका अनुसार कम्पनीले निकै गुपचुप राखेको ल्याण्ड क्रुजर एफजे प्रदर्शन गर्ने मिति हालसम्म आधिकारिक घोषणा गरेको छैन ।

मिडिया रिपोर्टहरूका अनुसार टोयोटाको लिजेन्डरी एफजे क्रुजरको सक्सेसरको रूपमा आउने नयाँ एसयूभी आइएमभी ओ ल्याडरप्र्रmेम प्ल्याटफर्ममा बनेको छ । यसअघि हाइलक्सको क्याम्प बनेको यो प्ल्याटफर्ममा जेन्युन अफरोड क्षमता रहेको छ ।

यो एसयूभीको डिजाइन अपराइट बनावटको बक्सी प्रोफाइल रहेको छ । यसमा छोटो ओभरह्याङ्, स्क्वायर्ड ह्वीलआर्क, बाक्लो सीपिल्लर र एक्सपोज भएको क्लाइडिङ रहेको छ ।

यो एसयूभीमा १६३ हर्सपावर र २४५ न्यूटन मिटर टर्क जेनेरेट गर्ने २.७ लिटरको पेट्रोल इन्जिन रहेको छ । यो इन्जिनसँग म्यानुअल र अटोमेटिक गियर अप्सन रहने छ ।

टोयोटाले ल्याण्ड क्रुजर एफजेमा टर्बो पेट्रोल, डिजल र हाइब्रिड भर्सनको समेत एक्सप्लोर गरिरेको खबरहरू बाहिरिएको छ । टोयोटाले यो नयाँ एसयूभी थाइल्याण्डको प्लाण्टमा उत्पादन गर्ने योजना बनाएको छ । यसको बिक्री भने आगामी वर्षको मिडबाट सुरू हुने अपेक्षा गरिएको छ ।

 


Back_to_top