काठमाडौं । लक्ष्मी बैंकले पशुपतिनाथ परिसरमा प्रयोगका लागि २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो । यो टेम्पो पशुपतिनाथ मन्दिर परिसरभित्र विषेशगरी बृद्ध र अशक्त भक्तजनहरुको निःशुल्क आवतजावतका लागि सञ्चालन हुनेछ ।
आज पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई सफा टेम्पोको साँचो हस्तान्तरण गरेका हुन् ।
लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा ९६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५१ शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, विमालगायतकावित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गदै आएको छ ।

