घरपालुवा जनावर कुकुरलाई निक्कै बफादार पशुको रुपमा लिइन्छ । मानिसको जस्तै व्यवहार अनुसरण गर्ने कुकुरको विषयमा विभिन्न समाचार आउने गरेका छन् ।
हालै, भारतको मलायालाम राज्यमा पत्याउँनै नसकिने गरि कुकुरले कार चलाएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
मानव ड्राइभरले जस्तै व्यस्त सडकमा हर्न बजाउँदै कार कुदाएको कुकुरले सबैलाई आश्चर्यमा पारेको छ । सडकमा कुकुरलाई हेर्न मान्छेको भिडनै लागेको भिडियोमा देखिएको छ ।

