दशैंमा नौबिसे–नागढुंगाको वैकल्पिक माग खुल्ला ? यस्तो छ तयारी

काठमाडौं । नौबिसे–नागढुंगा–कलंकी सडकको जाम छल्न वैकल्पिक मार्ग सञ्चालनको तयारी थालिएको छ । दसैं अगाडि यो मार्गले हजारौं यात्रुहरूलाई सास्ती दिने भएकाले तत्काल वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

नौबिसे–नागढुंगा सडकबाट करिब ७० जिल्ला, भारतबाट आउने यात्रु र व्यापारिक सामग्री राजधानी भित्रिने एक मात्र नाका हो । दसैं अगाडि नै देशभरका लाखौ यात्रुहरु राजधानि वाहिरीने भएकाले यो सडकमा धेरै नै जाम हुने हुदा वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने तयारी थालिएको छ । सो सडकको विकल्प खोज्न धार्के–सीतापाइला सडकको अनुगमन गरीएको छ ।

जामलाई सहज वनाउन हाल निर्माणाधीन धार्के–ठूलोखोला–भीमढुंगा–सीतापाइला सडक तत्काल सञ्चालनमा ल्याइने तयारी अघि बढेको हो । सो सडक धार्केदेखि धादिङ ठूलोखोला सम्म १३ किलोमिटर र त्यसपछि भीमढुंगा हुँदै काठमाडौं सीतापाइला सम्म १० किलोमिटर निर्माणाधीन छ । १२ मिटर चौडा भएको यो सडकलाई चालू आर्थिक वर्षमा ग्राभेल गर्न निर्माण कम्पनीलाई जिम्मा दिएको छ ।

अव यो वैकल्पिक सडकमा साना सवारी सञ्चालन गर्न दिने तयारी थालिएको छ । धुनिबेंसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले निर्माणाधीन यो सडकमा गाडी सञ्चालन गर्दा नियमित रूपमा पानी छर्कने व्यवस्था गरिनुपर्ने बताएका छन् ।

नौबिसे–नागढुंगा सडकको मर्मतका लागि सडक कार्यालयले मर्मतको समयमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने भएको छ । जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर विकले सडक जामको समस्या कम गर्न मापदण्डविपरीत बढी भार बोकेका र लामो सवारीसाधनलाई धार्के आई नपुग्दै दिनभर धादिङका विभिन्न स्थानमा रोकिने र राति १० वजेपछि मात्रै सञ्चालन गर्न दिने गरी काम गर्न पहल भइरहेको बताएका छन् ।


Back_to_top