आक्रमक व्याजदरसहित ९ वर्षसम्मको लागि अटोलोन दिदै लक्ष्मी बैंक

काठमाडौं । लक्ष्मी बैंकले ८.४९ प्रतिशत व्याजदरमा अटो कर्जा उपलब्ध गराउने भएको छ । कम्पनीले अटो कर्जाको नयाँ व्याजदर निकै आक्रमकरुपमा ल्याएको हो ।

बैंकले यस्तो कर्जा ९ वर्षसम्मको लागि प्रदान गर्ने जनाएको छ । साथै, ग्राहकले १ वर्षदेखि ३ वर्षसम्म परिवर्तन नहुने ग्यारेन्टी समेत बैंकबाट प्राप्त गर्न सक्ने छन् ।

बैंकले विद्युतीय कार किन्न चाहने ग्राहकलाई गाडीको मूल्यको ८० प्रतिशतसम्म फाइनान्स सुविधा प्रदान गर्ने छ भने व्यक्तिगत ग्राहकलाई पेट्रोलियम पदार्थबाट चल्ने कारमा मूल्यको ५० प्रतिशत र कार्यालयको लागि ६५ प्रतिशतसम्म कर्जा प्रबाह गर्ने जनाएको छ ।

ग्राहकले एउटा गाडीमा ८० लाख रुपैयाँसम्म मात्रै कर्जा पाउने छन् । बैंकले कोभिड असरलाई ध्यानमा राख्दै ग्राहकले आफ्नो कर्जा प्रकृया अनलाइन मार्फत नै गर्न सक्ने बनाएको छ ।

बैंकबाट अटो कर्जा लिन चाहने ग्राहकले आफ्नो आम्दानीको स्रोत खुल्ने कागज पत्र, नागरिकता, फोटो, ६ महिनाको बैंक स्टेटमेन्ट, किन्न चाहेको सवारी साधनको कोटशन लगायतका डकुमेन्ट तयार गर्नु पर्ने छ । यसरी सबै डकुमेन्ट पुरा भएका ग्राहकलाई ७ दिन भित्र कर्जा स्वीकृति दिने बैंकले जनाएको छ ।


Back_to_top