तिहारसम्म हार्टफोर्डका मोटरसाइकल किन्नेलाई २५ हजार बराबरको छुट

काठमाडौं । हार्टफोर्डको वितरकमा इग्निशन अटोले संचालन गरिरहेको ‘दशैं तिहार योजना’मा मोटरसाइकल किन्ने ग्राहकले २५ हजार बराबरको छुट प्राप्त गर्न सक्ने छन् । कम्पनीले दशैं तिहार योजनामा नगद छुटका साथै निःशुल्क एशोसरिज उपलब्ध गराउने भएको हो ।

अहिले हार्टफोर्डका मोटरसाइकल खरिद गर्ने ग्राहकले नगद १० हजार र १५ हजार बराबको एशोसरिज निःशुल्क पाउने छन् । उक्त १५ हजारको छुटमा एक बर्षको सडक दस्तुर, हेलमेट, बाइक कभर जस्ता एशोसरिज जोडिएका छन् ।

कम्पनीले ‘भीआर १५० र २२३’ गरि दुई भेरियन्टमा बिक्री गर्दै आएको छ । यी मोटरसाइकलमा १४९ र २२३ सीसी क्षमताको ओएचसी ४ स्ट्रोक इन्जिन रहेको छ । यी दुवै मोटरसाइकलमा ५ स्पीड गियरबक्स दिइएको छ ।

१२ लिटरको इन्धन ट्याङ्की दिइएको बाइकलाई आरामदायी बनाउन कम्पनीले फ्रन्टमा युएडी फर्क र पछाडि मोनोसक सस्पेन्सन दिएको छ । बाइकमा १८ इन्चको ह्वील दिइएको छ । यसका साथै दुवै ह्वीलमा डिस्क ब्रेक दिइएको छ ।

२१०० एमएम लम्बाई, ७७५ एमएम चौडाई र १२१५ एमएम उचाई रहेको बाइकमा १३५० एमएमको ह्वीलबेस प्रदान गरिएको छ ।

कम्पनीले भीआर १५० को मूल्य ४ लाख ६५ हजार रुपैयाँ तोकिएको छ भने भीआर २२३ को मूल्य ५ लाख ५८ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।


Back_to_top