अटोमोवाइल क्षेत्रमा लगानी गर्न चाहनेलाई नयाँ व्यवसायको बाटो खुल्दै

काठमाडौं । अटोमोवाइल व्यवसाय ग्ल्यामरसँगै पैसापनि कमाउन सकिने व्यवसायको रुपमा परिचित रहेको छ । तर, सबैले पैसा कमाउन भने सकेका छैनन् ।

अहिले विभिन्न कम्पनीका डिलर लिने, सर्भिस सेन्टर चलाउने, नयाँ साना ठूला सवारी साधन बिक्री गर्ने व्यवसायमा धेरै आकर्षण रहेको छ । तर, एसोशरिज, पार्टस लगायतका व्यवसायमा पनि राम्रो आम्दानी गर्ने कम्पनीहरु यहि संचालनमा छन् ।

थोरै लगानीमा अटोमोवाइलसँग जाडिएको व्यवसाय संचालन गर्न सक्ने भनेको सर्भिस सेन्टर चलाउने, कार डेकोरेसन सेन्टरहरु संचालन गर्ने गरिन्थ्यो । तर, सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट पुराना कारलाई विद्युतीय कारमा परिमार्जन गर्दा प्रयोग हुने पार्टसहरुमा भन्सार छुटको घोषणा गरेको कारण यहाँ नयाँ व्यवसाय देख्न सक्ने अवस्था सृजना भएको छ ।

सवारी साधनको शोरुप र बनोट परिमार्जन गर्न नपाइने विद्यमान कानुनका कारण यस्ता काम अहिल्यै व्यवसायीक रुपमा अगाडि लान सक्ने अवस्था नभएपनि चाँडै आउन लागेको नयाँ यातायात ऐनले यसलाई कानुनी मान्यता दिनेगरि काम अगाडी बढाएको छ ।

सामाजिक अभियन्ता महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रले पुराना पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई विद्युतीय कारमा परिमार्जन गर्ने काम सुरु गरेको छ । उनले अहिले पुलचोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरु परिचालन गरेर काम अघि बढाइरहेका छन् ।

‘हामीले केहि यूनिट कार कन्भर्ट गर्न खोजेका हौं । कोभिड १९ को असरका कारण चीनबाट मगाएका धेरै पार्टस आउन सकिरहेको छैन । चाँडै हामी काम पुरा गर्छौ’, अभियन्ता महाविर पुनले मेरोअटोसँग भने ।

पुनकाअनुसार पुराना थन्किएका गाडीलाई विद्युतीयमा परिमार्जन गर्न केहि गाह्रो छैन । मात्रै सरकारले गाडी मोडिफाईड गर्न दिने कानुन संशोधन गरिदिनु पर्छ । यदि विद्युतीय कार बनाउन दिने निर्णय यातायात ऐनमा हुने हो भने सामान्य इन्जिनियरिङको ज्ञान भएका वर्कसप संचालकले यो काम गर्न सक्ने छन् ।

सवारी साधनको शोरुप र बनोट परिमार्जन गर्न नपाइने विद्यमान कानुनका कारण यस्ता काम अहिल्यै व्यवसायीक रुपमा अगाडि लान सक्ने अवस्था नभएपनि चाँडै आउन लागेको नयाँ यातायात ऐनले यसलाई कानुनी मान्यता दिनेगरि काम अगाडी बढाएको छ ।

‘अहिलेकै अवस्थामा पेट्रोलियम पदार्थबाट चल्ने गाडी विद्युतीय बनाएर सडकमा गुडाउनु ग्रैरकानुनी हुन्छ । तर, सरकारले नै यस्तो परिवर्तनलाई सघाउन नीति निर्माण गरिरहेकाले यो कामलाई सकारात्मकरुपमा दिनु पर्छ’, ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने ।

यसले अटोमोवाइल क्षेत्रमा नयाँ काम गर्न चाहने व्यवसायीलाई ढोका खोलिदिने छ । त्यसका लागि साना मझौँला व्यवसाय गर्न चाहने युवाहरु एक जुट भएर काम गर्ने हो भने परिणाम आउनेगरि काम गर्न सक्ने देखिन्छ ।


Back_to_top