लक्ष्मी ग्रुपले चर्चित ब्राण्डहरूको विशेष प्रदर्शनी गर्ने

काठमाडौं । लक्ष्मी ग्रुपले बहुप्रतिष्ठित कार ब्राण्डहरूको विशेष प्रदर्शनी गर्ने भएको छ ।

कम्पनीले यही ७ र ८ गते काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी ‘लक्सपेरियन्स २०२५’ आयोजना गर्ने भएको हो ।

उक्त प्रदर्शनी बिहान ११:०० बजेदेखि साँझ ६:०० बजेसम्म संचालन हुने कम्पनीले जनाएको छ । यस प्रदर्शनीमा हुन्डाई, बीएमडब्लू, केई र फोरथिङ ब्राण्डका कारहरु देखाइने छ ।

नेपालकै अटो इभेन्टमा पहिलोपटक बीएमडब्लूको सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बन्ने कम्पनीको भनाइ छ ।

यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिनेछ।

कम्पनीले विशेष प्रदर्शनीको अवसरमा गहकलाई विशेष छुट अफर समेत ल्याएको छ । जसमा कार एक्स्जेन्जमा तत्काल मूल्यांकन, लोयल्टी बोनस, सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु उपलब्ध गराइने छ।

साथै, ग्राहकले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल गर्ने अवसर पाउने छन् ।

प्रदर्शनीम नेल आर्ट, मेहेन्दी, निःशुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधि पनि संचालन हुनेछ ।


Back_to_top