काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रवद्र्वन गर्ने वार्षिक अभियानको सातौं संस्करण ह्यासट्याग डिजिटल डिसेम्बर २०२५ सुरू भएको छ ।
बैंकले ‘इम्पावरिङ एन्टरप्राइजेज’ को नाराका साथ उक्त अभियान चलाएको हो । यो अभियान देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहने बैंकले जनाएको छ ।
डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । अघिल्ला वर्षहरूका उपभोक्ता केन्द्रित अभियानहरूबाट यस वर्ष उद्यम (केन्द्रित डिजिटल रूपान्तरणतर्फ एक महत्वपूर्ण फड्को हो ।
डिजिटल डिसेम्बर २०२५ ले घरेलु, साना तथा मझौला उद्यम, कर्पोरेट संघ संस्था तथा प्रतिष्ठान, खुद्रा तथा थोक बिक्रेता, आईटी, वित्त, स्वास्थ्य सेवा, शिक्षा, र आतिथ्य लगायतका सबै क्षेत्रका उद्यमहरूलाई समावेश गर्ने लक्ष्य राखेको छ ।
यो अभियान उद्यमीहरूलाई डिजिटल बैंकिंगका माध्यमहरूमा सक्रिय बनाउँदै उच्च मूल्यको नगद तथा चेक कारोबारलाई डिजिटल च्यानलमा रूपान्तरणा गर्ने र एपीआइ तथा होस्ट-टू-होस्ट कनेक्टिभिटी मार्फत ग्राहकका प्रणालीबाट सिधै भुक्तानी गर्न मिल्ने समाधानहरुका साथै भुक्तानी प्रकृयामा सहजीकरण गर्ने विषयमा केन्द्रित रहने छ।
यस अन्तर्गत बैंकले ई–कमर्श व्यवसायका लागि निर्वाध भिसा र मास्टरकार्ड मार्फत भुक्तानी प्राप्त गर्ने माध्यम, कर्पोरेट संघसंस्थाका कर्मचारीहरूको लागि अन कार्ड भर्चुअल क्रेडिट कार्ड र भिसा क्रेडिट कार्ड सुविधा, व्यवस्थित व्यापारिक कारोबारको लागि कर्पोरेटपे तथा राष्ट्रिय भुक्तानी इन्टरफेस एकीकरण सेवा, रियल टाइम भुक्तानीका अलर्टहरू सहित व्यापारिक भुक्तानी प्राप्तीको लागि लक्ष्मी वाणी (क्यूआर भ्वाइस बक्स), विशेष अनबोर्डिङ लाभ, छुट्, विशिष्टिकृत तथा अग्राधिकार सेवा प्रदान गर्नेछ ।

