काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटरको अर्को नयाँ इलेक्ट्रीक एसयूभी बी ०३ चाँडै नेपाल आउने भएको छ ।
नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले बी १० एसयूभी ल्याउने भएको हो । चिनियाँ बजारमा ‘ए १०’ नामबाट बिक्री भइरहेको एसयूभी नेपालमा बी ०३ नाममा आउने भएको हो ।
सांग्रिला मोटर्सका अनुसार लीपमोटर बी ०३ चीनबाट नेपालका लागि आधिकारिक रूपमा प्रस्थान गरिसकेको कम्पनीले जनाएको छ । हाल बाटोमा आउने क्रममा रहेको कम्पनीले जनाएको छ ।
दुई भेरियन्टमा नेपाल आउने बी ०३ अगामी साउने २६ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुनेछ । भेरियन्ट अनुसार फरक-फरक ब्याट्री क्षमता र फिचर उपलब्ध हुने कम्पनीले जनाएको छ ।
लीपमोटर बी ०३ दैनिक उपयोगिता र आधुनिक इलेक्ट्रीक कार्यक्षमताको उत्कृष्ट संयोजन गर्ने गरी डिजाइन गरिएको छ । पहिलो पटक ग्वान्झाउ अटो शोमा सार्वजनिक गरिएको यो गाडी नेक्स्ट जेनेरेसन आर्किटेक्चरमा आधारित छ ।
फ्रन्ट-ह्वील-ड्राइभ सिस्टम रहेको बी ०३ मा १०० किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले २०० एनएम टर्क प्रदान गर्छ ।
लीपमोटर बी ०३ मा १८ इन्चको एलोय ह्वील, १४.६ इन्चको २.५के एचडी टचस्क्रीन, लेभल २ एडास, ५१० लिटरको फराकिलो बुट स्पेस लगायत प्रिमियम फिचर छन् ।
नेपालमा हाल लीपमोटरमा ३ मोडल बी १०, सी १० र टी ०३ बिक्री भइरहेका छन् । नयाँ मोडल थपिएसँगै बजारमा ब्राण्डको उपस्थिति झन् बलियो हुने विश्वास लिइएको छ ।


