काठमाडौं । साँग्रिला मोटर्सले लीप मोटर ह्याचव्याक कार टी-०३ नेपालमा परीक्षण गरिरहेको छ । कम्पनीले सुरुमा ५ हजार किलोमिटर चलाएपछि मात्रै बिक्री सुरु गर्ने बताएको कार काठमाडौं र बाहिर पनि परीक्षण भइरहेको हो ।
युरोपियन कम्पनी स्टेलान्टीसको प्रबेशसँगै आक्रमक बजार बिस्तारमा लागेको लीप मोटरको टी–०३ को युरोपियन स्पेक नै नेपाल ल्याएर परीक्षण सुरु भएको हो । सानो ह्याचव्याकको ब्यूल्ट क्वालीटी भने निकै उत्कृष्ट देख्न सकिन्छ ।
अगाडि भागमा नै चार्जिङ पोर्ट दिइएको कारले डिसी फास्ट चार्जर सपोर्ट गर्नेछ । क्लोजअफ ग्रिल, राउन्ड सेपमा तयार भएको हेडल्याम्प हाउजिङ, प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट पाउन सकिन्छ ।
एडास फिचर, सेफ्टी सेन्स र आकर्षक स्टेरिङ ह्वील दिइएको कारको ड्यासबोर्ड हाडटप मेटेरियलबाट बनेको छ । कडा प्लाष्टिकको मेटेरियल भएपनि ड्यासबोर्डको फिनिसिङ भने उत्कृष्ट पाउन सकिन्छ ।

लीप टी–०३ मा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । उक्त मोटरलाई पावर दिन ३७ किलोवाट आवर क्षमता ब्याट्री दिइएको छ ।
कम्पनीले यसको लम्बाइ ३६२० एमएम, चौडाइ १६५२ एमएम र उचाइ १५७७ एमएम दिएको छ । २४०० एमएम लामो ह्वीलवेस भएको कार उत्कृष्ट सिटी कार बन्न सक्ने देखिन्छ । यसमा १५ इन्चको अलोय ह्वील, ३६० डिग्री क्यामेरा, तीन अलग ड्राइभिङ मोड लगायतका आधुनिक फिचर छन् ।

लिप मोटर्सले टी–०३ मा १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८ इन्चको टीएफटी डिस्प्ले, भिजन रुफ पनि दिएको छ ।
कति पर्ला मूल्य ?
भन्सार प्रयोजनको लागि प्रकाशित अधिकतम खुद्रा मूल्यसूची अनुसार टी-०३ को मूल्य ३४ लाख रुपैयाँ तोकिएको छ । तर, यसको आधिकारीक बिक्री मूल्य त्योभन्दा कम हुन सक्ने छ ।
ठ्याक्कै कति मूल्यमा आउँछ, त्यो थाहापाउन भने केही समय अझै कुर्नु पर्ने हुन्छ ।

