बीएस सिक्स इन्जिनमा आयो टाटा म्याजिक, मूल्य कति ?

नेपालगन्ज । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मानिएको टाटा म्याजिक बीएस सिक्स नेपालमा पहिलो पटक सार्वजनिक भएको छ । नेपालगंजमा एक कार्यक्रम आयोजना गर्दै नयाँ म्याजिक लन्च गरिएको हो ।

नेपालगंजमा गरिएको कार्यक्रममा बागेश्वरी यातायात प्रालि, नमस्ते नेपाल यातायात सेवा प्रालि, सनराइज यातायात प्रालि, भेरी बस व्यवसायी प्रालि, शुभकामना यातायात प्रालि र गो कर्णाली यातायात प्रालिका अध्यक्षहरु विशिष्ट अतिथिको रुपमा उपस्थिति थिए ।

टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बीएस–टु इन्जिनमा आएको थियो । त्यसपछि क्रमशः बीएस–थ्री, फोर हुँदै बीएस–सिक्स सार्वजनिक भएको हो । आफ्नो सेग्मेन्टमा ९५ प्रतिशत बजार हिस्सा ओगटेको म्याजिक हालसम्म ४ हजार यूनिटभन्दा बढी नेपाली सडकमा दौडिरहेको छ ।

टाटा म्याजिक बीएस–सिक्स सहरी यात्रा र विद्यालयको लागि उत्कृष्ट विकल्पका रूपमा साबित हुने कम्पनीले विश्वास लिएको जनाएको छ । यसमा ६९४ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले ३० एचपी पावर प्रदान गर्छ । यसको टर्क भने ५५ एनएम छ ।


Back_to_top