काठमाडौं । बेनेलीले सन् २०२२ मोडलको रुपमा देखाएको लियोनसीनो १२५ ले अहिले अन्तर्राष्ट्रिय जगतमा निकै ठूलो चर्चा पाइरहेको छ । कम्पनीले इक्मा मोटरसाइकल शो २०२१ मा यसलाई देखाएको थियो ।
लियोनसीनो ५०० बाट प्रेरित यो कम क्षमताको मोटरसाइकलमा दिइएको आकर्षक फिचरको कारण यसको चर्चा बढ्दै गएको हो । कम्पनीले यसमा अलोय ह्वील, सिंगल पिस सिट, पछाडिको भाग निकै खुल्ला राखेकोले थप आकर्षक देखिएको छ ।
अगाडिको मर्डगाडमा लायनको चित्र इम्बेड गरिएको छ, यसले मोटरसाइकललाई थप आकर्षक बनाएको छ । अगाडि ३५ एमएमको यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध यो मोटरसाइकल लाइफस्टाइल प्रोडक्टको रुपमा बजारमा विक्री हुनेछ ।
कम्पनीले यसमा १२५ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, फोर भल्भ, फ्यूल इन्जेक्सन इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १२.६ बीएच पावर र १० एनएम टर्क प्रदान गर्छ ।

